सिमरामा प्रहरी प्रमुख र उद्योगप्रतिनिधिबीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा

ईलाका प्रहरी कार्यालय सिमराका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रकाश जोशीको अध्यक्षतामा सिमरामा एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमरा तथा उक्त कार्यालय अन्तर्गतका वडा एरियामा पर्ने उद्योग तथा कलकारखानाका प्रतिनिधिहरूबीच परिचय, भेटघाट र आपसी समन्वय सुदृढ गर्नका लागि अन्तरक्रिया गरिएको हो।

डीएसपी जोशीले उद्योग क्षेत्रसँगको सहकार्यलाई अझ मजबुत बनाउने र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन उद्योगीहरूबाट सुझाव र सहयोग अपेक्षित रहेको बताए। सहभागी उद्योग प्रतिनिधिहरूले पनि प्रहरी प्रशासनसँग सहकार्य गर्दै उद्योग क्षेत्रको सुरक्षाका लागि आवश्यक पहलमा साथ दिने प्रतिबद्धता जनाएका थिए।कार्यक्रमले स्थानीय सुरक्षामा प्रहरी र निजी क्षेत्रबीचको सहकार्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।