वाईसिएल निजगढ नगरको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नगर कमिटी चयन

रञ्जन यादब /बारा

युवा कम्युनिस्ट लीग (वाईसिएल) निजगढ नगरको दोस्रो अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन वाईसिएलका नगर अध्यक्ष कमरेड भीम लोप्चन (बाबु) को अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बारा जिल्ला इञ्चार्ज अनिल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । अधिवेशनबाट सुदर्शन थपलियाको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरिएको नेकपा माओवादि केन्द्र निजगढ नगर कमिटी अध्यक्ष सन्तोष दंगालले जानकारी दिए ।

नवगठित नगर कमिटीमा उपाध्यक्षमा पुर्ण बहादुर खड्का (उमेश), सानुमाया गोले र रबि वाईबा चयन भएका छन्। ।सचिवमा पृथ्वी मोक्तान, सहसचिवहरूमा सन्तोष खड्का, मेलिना जिम्बा र सिद्धिलाल मोक्तान तथा कोषाध्यक्षमा लिलाबहादुर सापकोटा चयन भएका छन्। ।कुल ४३ सदस्यीय नगर कमिटी रहने गरी नयाँ नेतृत्व चयन गरिएको हो।कार्यक्रममा बोल्ने नेताहरूले नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा पार्टी मधेस प्रदेश कमिटी सदस्य एवं नगर इञ्चार्ज रबिराज दंगाल, वाईसिएल केन्द्रीय सदस्य तथा बारा जिल्ला इञ्चार्ज रुकु पाख्रिङ, वाईसिएल जिल्ला सचिव बिशन सापकोटा, कलैया उपमहानगर कमिटि अध्यक्ष मुकेश साह, वाईसिएल जिल्ला अध्यक्ष सुभनारायण कमरेड, पूर्व जिल्ला कमिटी सदस्यहरु बेनि बहादुर मोक्तान, धनमाया लामा, संजिव लोप्चन, नगर पार्टी उपाध्यक्ष छिरिङ बल, नगर सचिव रमेश अर्याल, सहसचिव शेख अन्जर हुसेनलगायत विभिन्न नेताहरुको उपस्थिति रहेको थियो ।