रञ्जन यादब /बारा
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा रहेको एक गोठमा सोमबार दिउँसो भएको आगलागीले करिब ३ लाख ७५ हजार बराबरको क्षति भएको छ । स्थानीय भिखारी महरा चमारको गोठमा लामखुट्टे धपाउनको लागी बालेको आगोबाट आगलागी भएको अनुमान गरिएको छ ।आगलागी बाट गोठ र गोठमा रहेको पराल पूर्ण रुपमा जलि नष्ट भएको छ ।
त्यस्तै आगलागी बाट दुई वटा भैसिँ जलि गम्भीर घाईते अवस्थामा रहेको स्थानीय समाजसेवी प्रेम सिँहले जानकारी दिए ।आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। उक्त आगो स्थानीय , जीतपुरसिमरा उपमहानगरपालिकाको वारुणयन्त्र र नेपाल प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।आगोलाई निभाउन अस्थायी प्रहरी पोष्ट ईनर्वासिरा बारा बाट प्रहरी सहायक निरीक्षक मनोज तिवारीको कमाण्डमा २ जनाको टोलि खटेको थियो ।