रञ्जन यादब /बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षकहरुको जाहेज माग तत्काल सम्बोधन गर्न केन्द्र सरकार संग माग गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई पत्र लेख्दै संबिधान सम्मत मागहरु पुरा गर्न अनुरोध गरेका हुन् ।
शिक्षक आन्दोलनबाट उपमहानगरपालिकामा २०८२ सालको नयाँ भर्ना अभियान लगायत पालिकाको शैक्षिक कार्यक्रमहरु प्रत्यक्ष प्रभाव परेको भन्दै शिक्षकको संबिधान सम्मत माग तत्काल सम्बोधन गर्न पत्रमा आग्रह गरिएको छ ।शैक्षिक सुधार तथा शिक्षा ऐन माग गर्दै केही दिन यता देशभरका शिक्षक काठमाडौं केन्द्रित अनिश्चितकालिन आन्दोलनमा छन् ।
उनीहरूले शिक्षा ऐनको प्रत्याभूत नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आएका छन् ।नगर प्रमुख पौडेलले शिक्षक तथा कर्मचारीहरुलाई काममा फर्कन बाताबरण निर्माण गर्न शिक्षा मन्त्रीलाई अनुरोध गरेका छन् ।