hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

बालुवामा लुकाएर लगिएको काठ चिरान गरिरहेको अवस्थामा बरामद, काठ तस्करहरू फरार

रञ्जन यादब /बारा

बिरगंज महानगरपालिका वडा नम्बर २९, रत्नपुरबाट बालुवा ट्रयाक्टरमा लुकाएर लकिएको काठ बरामद भएको छ । डिभिजन बन कार्यालय, पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार बरामद गरिएको काठ करिब १७.०१ क्युफिटको रहेको छ ।

विशेष सूचनाको आधारमा डिभिजन बन कार्यालयअन्तर्गतको सबैया सब–डिभिजन बन कार्यालयका रेञ्जर भुपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले उक्त काठ बरामद गरेको हो। बन गस्ती टोलीको अनुसार बालुवाले ढाकेर ट्याक्टरमा काठ लुकाएर लगिएको थियो। काठलाई आँप बगैंचामा चिरान गरिरहेको अवस्थामा बरामद गरिएको हो।

 

सूचनाको आधारमा त्यहाँ ५÷६ थान काठ रहेको आशंका गरिए पनि बन गस्ती टोली आउने खबर पाएर काठ तस्करहरू तीन थान चिरान काठ छाडेर फरार भएको अनुमान गरिएको छ ।बरामद चिरान काठ भारी भएको कारण काठ तस्करहरु हतारमा लिएर जान नसकेको हुन सक्ने शंका गरिएको छ । बरामद काठलाई सबैया सब डिभिजनको नियन्त्रणमा राखिएको जनाईएको छ ।हाल उक्त घटनाको अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय, पर्साले जनाएको छ।