बाराको स मिलमा बन टोलीको छापामारी, चार थान काठ सहित दुई जना पक्राउ

रञ्जन यादब /बारा

कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलिया स्थित एक स मिलमा गएराति बन टोलीले छापामारी गर्दै अवैध काठ सहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा भएको यो छापामारीमा २४ क्युफिट गोलिया काठ बरामद गरिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत राजीव कुमार झाले दिनुभएको जानकारी अनुसार प्रदेश ०३–००२ स १४१ नम्बरको मयुरीमा चार थान काठ लोड गरी स मिलसम्म पु¥याइएको थियो। कलैया सब डिभिजन बन कार्यालयका प्रमुख साहयक बन अधिकृत हरिशंकर साहको नेतृत्वमा गएको बन गस्ती टोलीले छापामारी गर्दै स मिल सञ्चालक र मयुरी चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका वडा नं.१६ बकुलहर निवासी स मिल सञ्चालक ४४ वर्षीय नरेश सहनी र मयुरी चालक २८ वर्षीय सुशील सहनी रहेका छन् ।डिभिजन बन कार्यालय बारा सिमरा र सब–डिभिजन बन कार्यालय, कलैयाबाट परिचालित बन गस्ती टोलीले यो छापामारी अभियान सञ्चालन गरेको थियो ।

पक्राउ परेका दुबै जनामाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गराई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखिएको डिभिजन बन कार्यालय बाराका कमाण्डर जमदार नागेन्द्र बैठाले जानकारी दिए ।छापामारी गर्दा बरामद मयुरी र मोटरसाईकललाई पनि डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको छ ।