रञ्जन यादब /पर्सा
पर्सा जिल्लाको रङ्गपुर सब–डिभिजनको टोलीले पटेर्वासुगौली गाउँपालिका–३, कञ्चनपुरमा वेवारिसे अवस्थामा रहेको काठको गोलिया बरामद गरेको छ । जमदार अर्जुन चौधरीको नेतृत्वमा गएको टोलीले ७.६२ क्युफिटको काठ बरामद गरेको हो ।
सब–डिभिजनका छैठो तह अधिकृत उज्जवल यादवका अनुसार बरामद गरिएको काठलाई सुरक्षित रूपमा सब–डिभिजन कार्यालयमा राखिएको छ। काठ कहाँबाट ल्याइयो, कसले राख्यो र यसको स्रोत के हो भन्नेबारे अनुसन्धान जारी रहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत अहमदले जानकारी दिए ।यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको र दोषी पत्ता लागे कानुनी कारबाही गरिने वन अधिकृत अहमदले बताएका छन्।