रञ्जन यादब /बारा
बाराको जीतपुरबाट हराएको ३ बर्षिय बालक अंश चौधरीको मृत्यु पानीमा डुबेर भएको प्रहरीले पुष्टि गरेको छ । बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश साप्कोटाले बालकको मृत्यु डुबेर भएको बताएका हुन् ।
उनले पोष्टमार्डम रिपोर्टले बालकको मृत्यु डुबेर भएको जानकारी दिए ।माघ १७ गते देखि रितेश चौधरीका छोरा अंश चौधरी हराईरहेका थिए । माघ २६ गते उनको शब जीतपुर स्थीत बारा र पर्साको सिमाना सियासोती खोलामा घोप्टो परेको अवस्थामा फेला परेको थियो । यता बालकको परिवारजनले बालक अंशको डुबेर मृत्यु भएको नभई हत्या भएको आरोप लगाएको छ ।
बच्चाले लगाएको हुडि पनि अहिलेसम्म नपाउँनुले प्रहरीको अनुसन्धानमाथि नै प्रश्न चिन्ह परिवारजनले खडा गरेका छन् । प्रहरी अनुसन्धानबाट पन्छिन् डुबेर बालककोे मृत्यु भएको बताईरहेको उनीहरुको तर्क छ । बालकको मामा रञ्जित जयसवालले आफनो भान्जा अंशको मृत्यु आफैँ डुबेर नभई डुबाएर भएको जिकिर गरे । प्रहरीले बालकको अनुसन्धान तालिम प्राप्त कुकुर सहित गरेको थियो ।