जीतपुरसिमरा नगर उद्याेग बाणिज्य संघले सशस्त्र प्रहरी बल ४० नम्बर हे. क्वा. रिजर्व गण पिलुवा बाराका गणपति सशस्त्र प्रहरी उपरिक्षक मोहन बहादुर बस्नेत (क्षेत्री) काे बिदाई गरेकाे छ ।नगर उद्याेग बाणिज्य संघकाे कार्यालयकाे सभा हलमा अायाेजीत कार्यक्रममा उनको एक वर्षे सफल कार्यकालकाे सम्मान गरि बिदाइ गरिएकाे हाे ।
नगर उद्याेग बाणिज्य संघका अध्यक्ष माेहन शर्मा लामिछानेले उनलाई “फेरि भेटौंला” भन्दै औद्योगिक सुरक्षासम्बन्धी छलफलका गरि मायाको चिनो प्रदान गरेका थिए । आगामी कार्यकाल अझै सफल र सबल होस् भन्ने शुभेच्छासहित नगर उद्याेग बाणिज्य संघ परिवारले सशस्त्र प्रहरी उपरिक्षककाे बिदाई गरिएकाे थियाे ।
कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरू, प्रशासन तथा सुरक्षा निकायका पदाधिकारीहरू र संचारकर्मीहरूको उपस्थिति रहेको थियो।