hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetcasinolevant

गढीमाई साझेदारी वनमा डिभिजन वन प्रमुखको अवलोकन तथा अन्तरक्रिया

रञ्जन यादब /बारा

गढीमाई साझेदारी वन उपभोक्ता समूहको वन क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न कार्यहरूको अवलोकन तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।सोमबार सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख राजीव कुमार झा, पथलैया सव–डिभिजन वन कार्यालयका प्रमुख विमल कुमार ठाकुर, गढीमाई साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष  रामएकबाल प्रसाद तेली, अन्य पदाधिकारीहरू तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको दौरान झाडी सफाई, घाटगद्दी व्यवस्थापन तथा काठ दाउरा बिक्री वितरण लगायतका विषयहरूबारे प्रत्यक्ष अवलोकन गरी सम्बन्धित पक्षहरूसँग छलफल गरिएको थियो। साथै, उपभोक्ता समूहका पदाधिकारीहरू तथा अन्य सरोकारवालाहरूले वन संरक्षण तथा व्यवस्थापनका विविध पक्षमा सुझावहरू प्रदान गरेका थिए ।

डिभिजन वन प्रमुख राजीव कुमार झाले वन संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सुझाव दिँदै वन स्रोत साधनको दिगो उपयोग गर्न उपभोक्ता समूहलाई अझ सक्रिय हुन आग्रह गर्नुभयो। सहभागीहरूले वन क्षेत्रको दीर्घकालीन व्यवस्थापनका लागि सहकार्य आवश्यक रहेको निष्कर्ष निकाल्दै, आगामी दिनमा अझ प्रभावकारी रूपमा वन संरक्षण तथा व्यवस्थापनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।