रञ्जन यादब / पर्सा
पर्सागढी नगरपालिका-३ पारस चोकमा बन गस्ती टोलीले करिब ४ क्युफिट काठसहित साइकल बरामद गरेको छ। घटनाको विवरणअनुसार, विशेष सूचनाका आधारमा राति ३ बजे झबराहाबाट बसडिल्वातर्फ गइरहेको अवस्थामा बन गस्ती टोलीले काठ चोरीको प्रयास नियन्त्रणमा लिने प्रयास गरेको हो।
बन गस्ती टोलीले काठ चोरलाई करिब १५० मिटरसम्म लखेटे तापनि चोर फरार हुन सफल भएका छन्। घटनाको पुष्टि गर्दै सबैया सब डिभिजन बन कार्यालयका रेञ्जर भुपाल रोकायले चोरी नियन्त्रणका लागि आवश्यक कदम चालिएको जानकारी दिएका छन्।
डिभिजन बन कार्यालय पर्साका बन अधिकृत मञ्जुर अहमदका अनुसार, बरामद काठ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।