ईप्रका सिमराबाट एक जना थुनुवा फरार

रञ्जन यादब /बारा

बाराको ईलाका प्रहरी कार्यालय सिमराबाट एक जना थुनुवा फरार भएको छ । फरार हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ को १९ वर्षीय महेश चौधरी रहेका छन् । पक्राउ परेको चौधरीलाई पाँच दिनको म्याद गरी थप अनुसन्धानको लागि हिरासतमा राखिएको थियो ।

हिरासत कक्षबाट फोहर फाल्न निस्केको बेला थुनुवा भागेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन् । फोहरको बाल्टीन फाली हिरासत कक्षको बाया साईडमा रहेको इमरजेन्सी गेटबाट चौधरी फरार भएका हुन ।हिरासत कक्षबाट थुनुवा कसरी फरार भयो , त्यसको अनुसन्धान गरिरहेको उहाँले बताउँनुभयो ।

फरार थुनुवा चौधरीको खोजतलाश गर्न ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक सुभद्रा वाइवाको नेतृत्वमा २५ जनाको टोली खटाइएको सापकोटाले जानकारी दिनुभयो । माघ ९ गते चौधरी सिमराबाट पक्राउ परेका थिए ।