प्रथम निजगढ महोत्सव २०८१ को उद्घाटन

रञ्जन यादब /बारा

निजगढ उद्योग वाणिज्य संघको आयोजनामा प्रथम निजगढ महोत्सव २०८१ सुरु भएको छ । महोत्सवको उद्घाटन बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा पुर्बमन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले गरेका छन् ।

महोत्सवको उद्घाटन समारोहमा श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाहरू, जस्तै काठमाडौँ–तराई लाइफलाइन अन्तर्गत फास्ट ट्र्याक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यसै नगरपालिकामा रहेको हुँदा, यस्ता ठूला आयोजना सिंगो बारा जिल्ला र मधेस प्रदेशको विकासको प्रतीक रहेको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो निर्माण कार्य थालनी गर्न र तीब्रताका साथ सम्पन्न गर्न आफू संघीय सरकारको प्रतिनिधिका रूपमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता श्रेष्ठले जनाउनुभयो ।

साथै, यसका लागि सम्बन्धित सरोकारवाला निकाय र विभिन्न नेतासँग सहकार्य गर्दै अघि बढ्ने उद्घोष गर्नुभयो।माघ ११ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, विभिन्न व्यापारिक स्टलहरूका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति विशेष आकर्षण रहनेछ ।महोत्सवको पूर्ण सफलताको शुभकामना उनले व्यक्त गरे । स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण योगदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। कार्याक्रममा बारा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली , निजगढ नगरपालिकाको नगर प्रमुख सुरथ पुरी लगायतको सहभागीता रहेको थियो ।