hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

भुमि आयोग बाराको अध्यक्षमा घले नियुक्त भएपछि नेकपा एमालेमा असन्तुष्टि

रञ्जन यादब /बारा

भुमि समस्या समाधान आयोग बाराको अध्यक्षमा नेकपा एमालेबाट भरत बहादुर घले नियुक्त भएपछि उनकै पाटिबाट बिरोधका स्वरहरु सुन्न थालिएको छ । यस भन्दा अगाडि नेकपा एमालेबाट भुमि समस्या समाधान आयोग बाराका अध्यक्ष बनेका अम्बीका चौलागाँईले घलेको नियुक्ति प्रती प्रश्न चिन्ह खडा गरेका छन् । उनले एउटा फेसबुक स्टाटस लेख्दै

“एमाले बिरुद्ध चुनाव लडेको ब्यक्ति आज भुमि आयोगको अध्यक्ष रे ? ”

भन्दै आफनो असन्तुष्टि पोखेका हुन् । भुमि समस्या समाधान आयोग बाराका अध्यक्ष बन्ने होड्बाजीमा रहेका चौलागाँईले आफुले नेता रिझाउँन नसक्दा पद पाउँन नसकेको बताएका छन् । नव नियुक्त अध्यक्ष घले बि.स. २०७४ सालको निर्वाचनमा आफनै पार्टीबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका सुन्दर बिश्वकर्मा बिरुध बाघि उम्मेदवारी दिएका थिए । भुमि समस्या समाधान आयोग बाराका पुर्ब अध्यक्ष रहेका चौलागाँईले पार्टी बिधान तथा नितीनियम बिपरित चलेको आरोप लगाए । जसले नेताको दलाली गर्न सक्छ वा चापलुसी गर्न सक्छ उ मात्र पाटीमा स्थान पाउँने परम्परा बस्ने हो भने ,पाटी कहाँ पुग्छ भन्नी प्रतीप्रश्न गरे । यता जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ निवासी तथा नेकपा एमालेका स्थानीय नेता रमेश सापकोटाले नव नियुक्त अध्यक्ष घलेप्रती ईङ्कित गर्दै , “फेरी पनि म माथि ठुलै धोका ”
“म अर्को संसदिय चुनावमा बालक चिन्ह लिएर पार्टिको बिरुध चुनावमा उठ्छु अनी भुमी समस्या समाधान आयोगको अध्यक्ष ग्यारेन्टी बन्नेछु जय होस नेकपा एमालेको ”

भन्दै फेसबुक स्टाट्स लेखेका छन् । यता भुमि समस्या समाधान आयोग बाराको नव नियुक्त अध्यक्ष भरत बहादुर घलेले २०७४ सालको निर्वाचनमा आफु पार्टि बिरुध उम्मेदवारी दिएको नभई ब्यक्ति बिरुध उम्मेदवारी दिएको बताए । तत्कालिन त्यो बेला पार्टिको तर्फबाट उम्मेदवारी दिएका सुन्दर बिश्वकर्मा राम्रो उम्मेदवार नभएका कारण त्यो बेला आफु बाघि उम्मेदवार दिएको बताए ।छिनछिनमा पार्टि पारिवर्तन गरिरहने मानिस राम्रो उम्मेदवार कहिले हुन सक्छ भन्नी घलेले प्रतिप्रश्न गरे ।

उनले अम्बिका चौलागाँई र रमेश सापकोटाले कुरा नबुझेर बिरोध गरिरहेको बताए । उनले साबिक अम्लेखगंज गा.बि.स.को अध्यक्ष भएर कुशल तरिकाले गा.बि.स. चलाएको र पार्टिमा गरेको कर्म ,मिहिनेत तथा परिश्रमलाई सम्झेर सम्मान स्वरुप पार्टिले भुमि समस्या समाधान आयोग बाराको अध्यक्षको जिम्मेवारी दिएको जिकिर गरे । अध्यक्ष घलेले आफुले फोन सम्पर्क गरी चौलागाँई र सापकोटालाई फेसबुक स्टाटस हटाउँन अनुरोध गरिसकेका उहाँहरु चाडै हटाउँने बिश्वास ब्यक्त गरे । भुमि समस्या समाधान आयोग बाराको अध्यक्ष बन्ने होडबाजीमा अम्बीका चौलागाँइ र रमेश सापकोटा थिए । यि तिनै जनाको नाम भुमि समस्या समाधान आयोग बाराको अध्यक्षकोलागि सिफारिस भएको थियो ।