hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

रंगपुरमा अवैध काठसहित एकजना पक्राउ, दुईजना फरार

रञ्जन यादब /

पर्सा जिल्लाको रंगपुरबाट बिश्रामपुरतर्फ जाँदै गरेको मार्गमा बन गस्ती टोलीले अवैध काठको गोलिया सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । रंगपुर सब डिभिजन बन कार्यालयबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा गएको गस्ती टोलीले ७.१८ क्युफिट काठ र दुईवटा साइकल फेला पारेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

बन गस्ती टोलीले काठ ओसारपसार गरिरहेका तीन व्यक्तिलाई रोक्न खोज्दा एकजना नियन्त्रणमा परे भने बाँकी दुईजना फरार भएका छन्। पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ मलाही टोल बस्ने बर्ष २५ का शिव शाह कानु रहेका छन् । दुईवटा साईकलमा तीन जनाले ल्याईरहेको काठको गोलियालाई पातले छोपिएको थियो । बन गस्ती टोलीलाई देखेर दुई जना साईकल सहितको काठको गोलिया छाडेर भागेकोको रङ्गपुर सब डिभिजन बन कार्यालयका छैठोँ तह अधिकृत उज्जवल यादबले जानकारी दिए ।

फरार व्यक्तिहरूको खोजीकार्य जारी रहेको बताइएको छ ।बरामद काठ र साइकललाई आवश्यक कारबाहीका लागि पठाईएको रङ्गपुर सब डिभिजन बन कार्यालयको प्राङ्गनमा राखिएको छैठोँ तह अधिकृत यादबले जानकारी दिए । पक्राउ परका मानिसलाई आवश्यक कार्बाहीकोलागि डिभिजन बन कार्यालय पर्सामा पठाईएको जनाईएको छ ।