छैठो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला रजघट्टामा सम्पन्न

बिदुर खड्का /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ मा एक दिने छैठो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था ,रजघट्टा लिमिटेडको आयोजना र बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा भएको कार्यशालामा सहकारिहरुलाई जोखिममा आधारित सहकारि सुपरिबेक्षण सम्बन्धि छलफल गरिएको थियो ।

कार्यक्रममा सहकारि संघ पदाधिकारीहरुले सहर र नेतृत्व केन्द्रीत सहकारिहरु बदनामि का कारण ग्रमिण क्षेत्रका सरकारि समेत बदनामि भईरहेको प्रति चिन्ता ब्यक्त गरेका थिए ।बक्ताहरुले देशमा रहेको केन्द्रिय,प्रदेश र स्थानिय सरकारको सहकारिहरु प्रति गरिने ब्याबहार सहकारि मैत्रि नभएको बतायका थिए ।

कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारि संघबारा का अध्यक्ष सतेन्द्र ठाकुर, बरिष्ट उपाध्यक्ष राजु अधिकारि,महिला उपाध्यक्ष कोपिला सिमखडा, आयोजक संस्थाका अध्यक्ष सोभा केसि , संञ्चारकर्मि बिदुर खडका लगायतले संम्बोधन गरेका थिए । कार्यक्रममा बारा जिल्ला का बरियारपुर,कलैया,निजगढ,सिमरा औराहा गरि ७ वटा बचत तथा ऋण सहकारि संस्थाको ३५ जना प्रबन्धक , अध्यक्ष र कर्मचारिहरुको सहभागिता रहेका थियो ।