जनकल्याण जीतपुरको सहकारी शिक्षा तालिम र अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा

बाराको जीतपुर स्थित जनकल्याण बहुउदेश्यीय सहकारी संस्था लि.को एक दिने सहकारी शिक्षा तालिम र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाग्मती प्रदेशको हेटौडा स्थित शहिद स्मार्कमा आयोजित कार्यक्रममा सहकारीको महत्व ,आवश्यक्ता र फाईदाको बिषयमा सहकारीको सदस्यहरुलाई जानकारी गराईएको संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए ।

संस्थाको चालु आर्थिक बर्षको अवस्था ,ऋणको कारोबार ,बचत र मुनाफाको बिषयमा संस्थाका प्रबन्धक सन्तोष कुमार यादबले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैक सिमरा शाखाका प्रमुख चन्द्रमणी भट्टराईले सहकारी अभियानको बिषयमा जानकारी गराउँदैँ सहकारी बैँकले प्रदान गर्ने सेवा तथा सुबिधाको बिषयमा बताएका थिए ।

उपाध्यक्ष गणेशजी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्बय सचिव कपिल देब प्रसाद यादबले ब्यक्त गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष किरणप्रकाश गिरी ,लेखा समिती संयोजक श्याम सुबेदि ,समाजसेवी डमरु कामी ,सुरेन्द्र गुप्ता ,सदस्यहरु मुनि पाठक ,बिद्या महर्जन लगायत तालिममा संस्थाको नियमित किस्ता ,ब्याज तिर्ने असल ऋणी सदस्यहरु ,लेखासमितीहरु , संस्थाका कर्मचारीहरु र राष्ट्रिय सहकारी बैँकका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सह प्रबन्धक आत्माराम अधिकारीले गरेका थिए ।