रञ्जन यादब /बारा
बाराको रघुनाथपुरमा जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना र श्री ने.रा.मा.बि. रघुनाथपुरको समन्वयमा नगर स्तरीय चित्रकला प्रतियोगिता भएको बिद्यालयका प्रधानध्यापक सुरेन्द्र प्रसाद चौरसियाले बताए ।
बिद्यालयका प्रधानध्यापक चौरसियाका अनुसार १ देखि ५ कक्षासम्म भएको प्रतियोगितामा श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय नरबस्तीका भिष्म भण्डारी प्रथम ,केयर भिजन ईङ्गलीस बोडिङ्ग स्कुल जीतपुरका आरजु खातुन द्धितीय र राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरबानाका तेजस्वी मल्ल तेस्रो स्थान प्राप्त गर्नुभएको छ ।त्यस्तै कक्षा ६ देखि ८ सम्मको प्रतियोगितामा श्री ने.रा.मा.बि. सिमराका कृष्ण गुरो प्रथम ,डुमरबाना पब्लिक स्कुलका रंजित लिम्बु द्धितीय र सोहि बिद्यालयका मंजिला भुजेल तृतीय स्थान प्राप्त गरेको सचिवालय ( समन्वय गर्ने ) बिद्यालय श्री ने.रा.मा.बि.रघुनाथपुरले जनाएको छ ।
प्रतियोगितामा सामुदायिक बिद्यालय २१ वटा र संस्थागत बिद्यालय ७ वटा गरी २८ वटा बिद्यालयका ८८ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका वडा नं.१७ का वडा अध्यक्ष भिम बहादुर गंतानले र प्र.अ.चौरसियाले पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए ।
प्रतियोगिहरुलाई चित्र बनाउँन १ घण्टा ३० मिनेटको समय प्रदान गरिएको थियो ।प्रतियोगिताको निर्णायकको भुमिकामा गजेन्द्र भाँट ,किशोर श्रेष्ठ र प्रमोद गिरी रहनुभएको थियो । कार्यक्रमको सञ्चालन अर्जुन प्रसाद पराजुलीले गर्नुभएको थियो ।