रञ्जन यादब/बारा
पर्साको बन गस्ती टोलीले तीन थान काठको गोलिया बरामद गरेको छ । बिशेष सुचनाको आधारमा गएको बन गस्ती टोलीले सोलखपुर र थरगटि गाउँबाट तीन थान काठको गोलिया १४.२८ क्युफिटको बरामद भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।बिरगंज माहानगरपालिका वडा नं.३१ सोलखपुरबाट दुई थान काठको गोलिया बरामद भएको हो ।
सोलखपुरको पल्टिङ्ग भित्रको झाँडिमा लुकाईछिपाई राखिएको अवस्थामा ९.२८ क्युफिटको काठको गोलिया बरामद भएको जनाईएको छ । सबैया सब डिभिजन बन कार्यालयबाट रेञ्जर भुपाल रोकायाको कमाण्डमा गएको बन गस्ती टोलीले उक्त काठ बरामद गरेको फरेस्टर पुरुषोत्तम पटेलले जानकारी दिए । गस्ती टोलीको डर तस्करहरुले पल्टीङ्गको झाँडिमा काठ लुकाएर राखेको हुन सक्ने फरेष्टर पटेलले अनुमान ब्यक्त गरे । बरामद काठको गोलियालाई सबैया सब डिभिजनको कम्पाउन्डभित्र राखिएको फरेष्टर पटेलले बताए ।
त्यस्तै रङ्गपुर सब डिभिजन बन कार्यालयले ५ क्युफिट काठको गोलिया बरामद गरेको छ । पटेर्वा सुगौलि गाउँपालिका वडा नं.२ थरगटि गाउँ नजिकै साईकलमा काठको गोलिया लोड गरि तस्करले लैजान खोज्दा बन गस्ती टोलीलाई देखेर काठ छोडेर साईकलमा भागेको अधिकृत छैठो उज्जवल यादबले जानकारी दिए । बरामद काठलाई रङ्गपुर सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको छ । बरामद काठ र भागेको मानिसको बिषयमा अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।