hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

पक्राउ गर्ने योजना बनेपछि बन कार्यालय बारामा फरार प्रतिवादी आफैँ आएर आत्मसम्पर्ण

रञ्जन यादब /बारा

डिभिजन बन कार्यालय कार्यालय बाराले फरार प्रतिवादीलाई पक्राउ गर्ने योजना तीब्र बनाएपछि एक फरार प्रतिवादी आफैँ कार्यालयमा आएर आत्मसम्पर्ण गरेका छन् ।

करिब एक बर्ष देखि फरार रहेका करैयामाई गाउँपबालिका वडा नं.५ तेतरिया बस्ने बर्ष ३५ का जय प्रकाश सहनी आफै आएर आत्मसम्पर्ण गरेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिनुभयो । अबैध रुपमा बन पैदवार हानी नोक्सानी तथा ओसारपोसार मुद्धा सहनीलाई चलाईएको थियो ।

उनले सञ्चालन गरेको स मिलमा सय क्युफिट अबैध काठ बरामद भएको मुद्धाका अनुसन्धानको जिम्मा पाएका मधुबन सब डिभिजन बन कार्यालयका प्रमुख बन अधिकृत संजय चौधरीले जानकारी दिनुभयो ।

पक्राउँ परेका सहनीमाथी १ लाख १८ हजार ७ सय ५० रुपैया बिगो असुली दाबी गरिएको छ । उनलाई डिभिजन बन कार्यालय सिमराको थुनुवा कक्षमा राखिएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्द्र प्रसाद बैठाले जानकारी दिनुभयो ।