hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

तस्करी गरेर लग्नकोलागि राखिएको ठुलो परिमाणको काठ बरामद

रञ्जन यादब /पर्सा

बाराको सिमरा रामबनको जङ्गलको गोरटो बाटो प्रयोग गरी काठ तस्करी भईरहेको सुचनाको आधारमा आज मंगलबार पर्साको बन गस्ती टोलीले ठुलो परिमाणमा काठ बरामद गरेको छ ।

सबैया सब डिभिजन बन कार्यालयबाट अधिकृत रामप्रबेश प्रसाद र सशस्त्र बेश क्याम्प सोलखपुरबाट सशस्त्र प्रहरी नायब निरिक्षक संजीब कुमार खड्काको कमान्डमा खटिएको टोलीले ४८.९५ क्युफिट काठ बरामद गरेको फरेष्टर पुरुषोत्तम प्रसाद पटेलले जानकारी दिए ।

फरेष्टर पटेलले भने ,बिहानको समयमा हामी कर्मचारीहरु खाना खान बसेका थियौँ ,अचानक सुचना आयो तस्करहरु सिमरा ,रामबनको बाटो प्रयोग गरी काठ तस्करी गर्दैछन् हामीहरु त्यहाँ पुग्दा काठ लुकाईछिपाई राखिएको अवस्थामा पाएका थियौँ ।”

बारा र पर्सा जिल्लाको सिमाना छुटाउँने भेडाहा खोलाको उत्तरी भेगमा झाडि भित्र स्याउँलाले छोपी लुकाईछिपाई राखिएको अवस्थामा काठको गोलिया ४ थान ,चौपेता दुई थान र चिरान काठ ४ थान गरी ४८.९५ क्युफिट काठ बरामद भएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ । बरामद काठलाई सबैया सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको छ ।

काठ को कसले ,के प्रायोजनकोलागि र काहाँ लग्नकोलागि उक्त काठ लुकाईछिपाई राखिएको त्यस बिषयमा अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।