सिमरामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, आठ टोलीको सहभागिता

रञ्जन यादब /बारा बाराको सिमरा रंगशालामा आगामी भदौ २१ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको पहलमा पहिलोपटक महिलामैत्री फुटबल आयोजना हुन लागेको हो । प्रतियोगिताबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको हो ।क्लबका अध्यक्ष राजकपुर राउतका अनुसार, विगत चार वर्षदेखि भेट्रान पुरुष फुटबल प्रतियोगिता आयोजना … Read more

उद्योगको रसायनयुक्त बिषाक्त कुलोमा बालकको मृत्यु ः स्थानीय आक्रोशित, उद्योगहरुसँग क्षतिपूतिर्मा सहमति

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित सिरसिया कुलो (बर्खि बाँध) मा डुबेर १३ वर्षीय सन्दीप मुखियाको मृत्यु भएको घटनाले स्थानीयबासीमा तीव्र आक्रोश उत्पन्न भएको छ। गणपति घ्यू, नन्दन घ्यू तथा अशोक स्टील उद्योगबाट प्रशोधन नगरी बग्ने रसायनयुक्त प्रदूषित पानीका कारण बालकको ज्यान गएको शल्य परीक्षणबाट पुष्टि भएको छ।घटना भएको भोलिपल्ट शनिबार मृतकका आमा अञ्जु मुखियासहित … Read more

जीतपुरसिमराका विद्यालयहरूमा पानी संरक्षणको अभियान, जनचेतनामूलक कार्यक्रम सञ्चालन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूले “पानी बचाऔँ, जीवन जोगाऔँ” अभियान अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन्। उपमहानगरपालिकाको निर्देशनअनुसार पानीका स्रोतहरू पहिचान, संरक्षण तथा सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा विद्यालय र समाजमा बहस, अन्तरक्रिया, छलफल लगायत नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्दै जनस्तरमा पानीको महत्वबारे चेतना फैलाउन थालिएको हो। प्रमुख … Read more

परवानीपुरमा महाबिरी झण्डा मेला भव्य रूपमा सम्पन्न

फैजुल्लाह आलम /परवानीपुर नाग पञ्चमीको अवसरमा परवानीपुर गाउँपालिकामा महाबिरी झण्डा मेला भव्य रूपमा सम्पन्न भएको छ । महाबिरी झण्डा मेला समिती परवानीपुरको आयोजनामा सम्पन्न मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट कुस्ती खेलाडीहरू सहभागी भएका थिए। मेलाको उद्घाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेलले गरेका थिए। मेलामा महिला तथा पुरुष दुवै वर्गमा कुस्ती प्रतियोगिता आयोजना गरिएको … Read more

सामुदायिक बिद्यालयमा कार्यरत करारका शिक्षक तथा कर्मचारीहरूको म्याद थपको बिवरण माग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत करारका शिक्षक तथा कर्मचारीहरुको म्याद थपिएको वा नथपिएको बिवरण शिक्षा विकास तथा समन्वय इकाई, कलैया, बारामा बुझाउँन अनुरोध गरेको छ । बिद्यालयमा बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, दरबन्दी एवं राहतअनुदान कोटामा कार्यरत करारका शिक्षक तथा कर्मचारीहरुको अस्थायी नियुक्ति पश्चात म्याद थप भएको वा नभएको बिवरण साउन … Read more

वडा नं. ८ द्वारा दलित समुदायलाई भाँडाकुँडा वितरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ को कार्यालयले बिपन्न तथा दलित वर्गका नागरिकलाई विवाह, पूजा–पाठ तथा विभिन्न सभा–समारोहहरूमा सहजता होस् भन्ने उद्देश्यले भाँडाकुँडा वितरण गरेको छ ।वडा अध्यक्ष शिवशंकर महतोका अनुसार करिब दुई लाख रुपैयाँको वडा स्तरीय बजेटबाट भाँडाकुँडाहरू खरिद गरी वितरण गरिएको हो। “दलित समुदायले सामूहिक तथा पारिवारिक कार्यक्रमहरू गर्न भाँडाको अभावमा … Read more

सिमरा खानेपानी उपभोक्ता समितिद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

रञ्जन यादब /बारा सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालयले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्न इच्छुक कर्मचारी र उपभोक्ताका सन्तानका लागि छात्रवृत्तिको आवेदन आह्वान गरेको छ । खानेपानी कार्यालयले दुई वर्षअघि सिमरा कलेजसँग सम्झौता गरी प्रत्येक वर्ष पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको थियो। सम्झौताअनुसार विगत दुई वर्षमा पाँच–पाँच जना विद्यार्थीलाई छात्रवृत्तिका … Read more

बन गस्ती टोलीले अवैध चौंपेटा काठसहित एक जनालाई पक्राउ

रञ्जन यादब / पर्साको डिभिजन बन कार्यालय अन्तर्गत सबडिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले अवैध चौंपेटा काठसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रत्नपुर निवासी २४ वर्षीय मुस्तक आलम रहेका छन्। डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार रेञ्जर भूपाल रोकायको नेतृत्वमा गएको बन गस्ती … Read more

सिमरामा तास खेलिरहेका ९ जना पक्राउ, नगद एक लाख चौवन्न हजारसहित तास बरामद

  बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ जानकी टोलस्थित एक घरमा जुवा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो करिब ३ बजे विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले जानकी टोलमा बसोबास गर्दै आएका केशव सुनुवारको घरमा छापा मारेको हो। घरको तेस्रो तल्लाको कोठामा … Read more

क्यान्सर पीडित लखराज माझीलाई जनहित मध्यवर्ती उपभोक्ता समितिबाट आर्थिक सहयोग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–६, नगौल निवासी ५८ वर्षीय क्यान्सर पीडित लखराज माझीलाई जनहित मध्यवर्ती उपभोक्ता समिती सिमराले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित माझीलाई समितिले चेकमार्फत रु. १५,००० आर्थिक सहयोग हस्तान्तरण गरेको हो। अत्यधिक आर्थिक अभावका कारण अस्पतालले दिएको समयमा भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन जान नसकेको गुनासो माझीले गरेका छन्। … Read more