दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

सुर्खेत, चैत ८- दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका(४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ट्रक सडकबाट करिब १५० मिटर तल खसेको थियो। मृत्यु हुनेमा … Read more

भोली देखि जीतपुरसिमरामा फूटबलको महाकुम्भ

एस.एस. पटेल, बारा । मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि यतिबेला रंगशालामा अन्तिम तयारी भईरहेको छ । उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजक नव जनजागृति युवा क्लबले रंगशालामा मञ्च व्यवस्थापन, प्यारापीट रंगरोगनको काम गरिरहेको छ । रंगशालामा मंगलवार पत्रकार सम्मेलनको … Read more

उपराष्ट्रपति यादवले लिए शपथ

काठमाडौँ, चैत ६ उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शपथ खाएका हुन् । जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं, चैत ६ नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन्। एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने उनले बताएका हुन्। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

प्रधानमन्त्री प्रचण्डले भने: भोलि १०० प्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा छ

काठमाडौँ, चैत ५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि आफूले १०० प्रतिशत सांसदहरुको विश्वासको मत पाउने दाबी गरेका हुन् । आज आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले सोमबार (भोलि) सय प्रतिशत सांसदहरूको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताए। उनले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो … Read more

लामिछानेले नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको प्रमाण नभेटिएकोले मुद्दा चलाउन पर्दैनः सरकारी वकिल कार्यालय

काठमाडौ, चैत ५- काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको छ । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पठाएपछि जिल्ला सरकारी वकिल कार्यालयले फागुन ३० गते लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले उक्त निर्णय … Read more

रासायनिक मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न एमालेको माग

चितवन, चैत ५- नेकपा एमालेले सरकारले रासायनिक मलमा बृद्धि गरेको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ ।

उत्कृष्ट काम गरेकोले भरतपुर महानगरले ३९ करोड ६ लाख रुपैयाँ अनुदान पाउने

चितवन, चैत ५- उत्कृष्ट काम गरेकोले भरतपुर महानगरले ३९ करोड ६ लाख रुपैयाँ अनुदान पाउने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षको लागि देशभरका स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेकोमा भरतपुर महानगरले सो रकम पाउने भएको हो । यही सिफारिसको आधारमा आगामी बजेटमा संघीय … Read more

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

चितवन, चैत ५- भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताउनुभयो । धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम … Read more

पहाडी र तराईका भेगमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, चैत ५– हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानहरूमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन … Read more