राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

काठमाडौँ, माघ १३-  राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिनुभयो । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन । राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् सचिवालयका महासचिव … Read more

चितवनमा साइकलबाट लडेर एक युवकको मृत्यु

चितवन, माघ १३- चितवनको रत्ननगरमा एक युवकको साइकलबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर. ८ बस्ने ४८ वर्षीया सुन बहादुर लोप्चनको साईकलबाट लडेर घटनास्थलमै मृत्यु भएकोे हो । लोप्चन शुक्रबार दिउसो बाघमाराबाट रत्ननगर ८ चित्रसारी जाने क्रममा साइकलबाट लडेर बेहोस भएका थिए । मृतको शव परीक्षणका लागि … Read more

मधेस प्रदेशका कृषिमन्त्री कुशवाहाले गरे किसान कार्ड लागु गर्ने घोषणा

बारा, माघ १३ गते । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले किसान कार्ड लागु गर्ने घोषणा गरेका छन् । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले किसान कार्ड लागु गर्ने घोषणा गर्नु भएको हो । मन्त्री कुशवाहाले किसानहरुको मलखादको समस्या समाधानका लागि पनि कार्यक्रम ल्याउने बताउनु भएको छ । सिके … Read more

रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे छलफल गर्दै न्यायाधीश

काठमाडौं, माघ १३- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ। शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो। सुनुवाइपछि अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्। संवैधानिक इजलासले यो मुद्दामा आजै फैसला सुनाउँछ कि फैसला सुनाउने दिन तोक्छ भन्ने अहिले स्पष्ट छैन।

१ हजार १ सय रुपैयाँले घट्यो सुनको मुल्य

बारा, माघ १३ गते । हिजो भाउ बढेर अहिलेसम्मकै महँगो भएको सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । हिजो तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय … Read more

बोरिङको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु

सर्लाही, माघ १३ गते । सर्लाहीमा पानीमा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ। जिल्लाको हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर मृत्यु भएको हो। घरबाट करिब ५ सय मिटर दक्षिणमा रहेको खेतमा बोरिङबाट निकालेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला … Read more

पर्सा प्रहरीद्वारा बिलबिजक भन्दा बढी मालसामान लोड गरेको दुईवटा गाडी नियन्त्रणमा

पर्सा, माघ १३ गते । पर्सा प्रहरीले बिलबिजक भन्दा बढी मालसामान लिएर काठमाडौं जादै गरेको गाडी नियन्त्रणमा लिएको छ ।वीरगञ्जबाट मेडिकल सामाग्री र हार्डवेयरको सामान लोड गरेर काठमाडौ जादै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले एउटा ट्रक र पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरीले बताएको हो । वीरगञ्ज महानगरपालिका-१६ स्थित रेल्वे सडक … Read more

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत

काठमाडौँ, माघ १३– नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्। माओवादी केन्द्र स्थायी कमिटीको बिहीबार बसेको बैठकमा दाहालले अहिले सभामुख र राष्ट्रपति एमालेलाई दिने, … Read more

ओलीको घेराबन्दीमा परियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,माघ १३– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घेराबन्दीमा परेको गुनासो गरेका छन्। एमालेकै समर्थनमा प्रधानमन्त्री बनेको एक महिनामै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका कारण घेराबन्दीमा परेको बताएका हुन्। नेकपा माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले आगामी दिन पनि सहज नदेखेको बताएका छन्। आफूसँगै एमालेका विष्णु पौडेलको मात्रै … Read more

आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं, माघ १३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् । आसिफ शेखले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) को अर्वाड जितेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरुमध्येको खेल भावना … Read more