एसईई दिएर घर फर्किने बेला जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

धनगढी, चैत २७– कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ बस्ने १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले दुर्घटनामा परेर गम्भीर घाइते भएका ठगुन्नालाई उपचारका … Read more

जीतपुरसिमरा उपमहानगरपालिका: अब मोटरसाईकल र स्कुटर चलाउन पनि कर तिर्नुपर्ने

बारा, चैत्र २६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाईकल र स्कुटर चलाउन पनि अतिरिक्त कर तिनुपर्ने भएको छ । उपमहानगरको गत चैत्र २० गते सम्पन्न नगरसभाले उपमहानगरको क्षेत्राधिकार पर्ने सहायक सडकमा ‘सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क (पटके सवारी कर) संकलन गर्ने निर्णय गरे बमोजिम राजश्व महाशाखाले आइतबार सूचना निकालेर सवारीधनीलाई कर बुझाउन अनुरोध … Read more

प्रधानमन्त्री प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरे

काठमाडौँ, चैत्र २६-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । हेलिकप्टर चार्टर गर्दा धेरै खर्च हुने भएकाले नियमित उडानमार्फत प्रचण्ड धनगढी प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । उनी आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ ।

खोट लगाउने अवसर नपाएपछि पाहुना भनेर गिज्याए: स्वर्णिम वाग्ले

काठमाडौं, चैत २६- तनहुँ क्षेत्र नम्बर १ मा राष्‍ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले खोट लगाउने कुनै पनि अवसर नपाएर आफूलाई पाहुना भनेर गिज्याएको बताएका छन्। शनिबार तनहुँमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूमाथि लगाउने कुनै खोट नभएकाले पाहुना भनेर गिज्याएको बताएका हुन्। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँमा भएको चुनावी भेलामा वाग्लेप्रति लक्षित गर्दै पाहुनाको … Read more

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ

काठमाडौँ, चैत २६ बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

मेरो विरोध गर्नेहरू भ्रष्टाचारी हुन्, त्यस्तालाई जवाफ दिने होइन जेल कोच्छुः रवि लामिछाने

तनहुँ,चैत २५- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३० वर्षसम्म शासन सत्ता चलाएर देश खोक्रो बनाउनेहरूले आफूलाई प्रश्न सोध्ने र आलोचना गर्ने अधिकार नरहेको बताएका छन् । तनहुँको आँबुखैरेनीमा स्वर्णिम वाग्लेका लागि मत माग्न आयोजित आमसभामा सभापति लामिछानेले आफूलाई प्रश्न सोध्ने ती व्यक्तिहरूलाई रास्वपाको सरकार बनेपछि भ्रष्टाचारमा जेल कोच्ने चेतावनी दिए । लामिछानेले भने– हाम्रो … Read more

रौतहटमा आगलागी हुँदा ५ घर जलेर नष्ठ

रौतहट, चैत्र २५ गते । रौतहटमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ९ बैरिया गाउँमा ५ वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हो । स्थानीय रुपनरायन साह कानुको घरदेखि शुक्रवार अपराह्न सुरु भएको आगलागीबाट राजेन्द्र साह कानु, गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानुको … Read more

अश्लील भिडियो बाहिरिएपछि सांसद खानलाई कारबाहीको माग

काठमाडौँ, चैत २५– राष्ट्रिय एकता अभियानले जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सांसद पदबाट हटाउन माग गर्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ । समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री खानको अश्लील भिडियोसहितको समाचार बाहिर आएपछि अभियानले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएर कारबाहीको माग गरेको हो । नेता खानको यस हर्कतले नेपालको संसदीय … Read more

जनकपुरमा १२४ किलो गाँजासहित एकजना पक्राउ

जनकपुरधाम, चैत्र २५ गते । जनकपुरधामबाट १२४ किलो गाँजासहित एकजनालाई पक्राउ परेका छन् ।  मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । जनकपुरधामबाट खटेको प्रहरी टोलीले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनीयाँ चोकबाट गाँजासहित एकजनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले बताएको छ । पक्राउ पर्नेमा ना ७ ख ४२५१ नम्बरको ट्रकका चालक … Read more

जीतपुर: भोलि साझ प्रवचन र महाप्रसाद वितरण संगै गायत्री महायज्ञ सम्पन्न हुने

बारा, चैत्र २४ गते । बाराको जीतपुरमा चैत्र २२ गते बाट शुरू भएको २४ कुण्डीय महायज्ञ शनिबार समापन हुदैछ । शनिबार बिहान पुजाअर्चना र साझ प्रवचन र महाप्रसाद वितरण गरि गायत्री महायज्ञ समापन हुने आयोजकले जनाएको छ । महायज्ञकाे पहिलाे दिन हजाराैंकाे संख्यामा यज्ञ स्थलबाट सुरू गरिएको शाेभायात्रा सहिँत कलश यात्राले नगर परिक्रमा गर्दै वडा … Read more