खाणलाई निलम्बन गर्दा शरणार्थी प्रकरणको लहरो अझै तानिने डरमा देउवा

काठमाडौं, जेठ ५– नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेको ९ दिन बितिसक्दा पनि पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । खाणलाई निलम्बन गर्नुपर्ने महामन्त्रीहरूको प्रस्तावलाई पनि उनले वास्ता गरेका छैनन् । यो प्रकरण उठ्ने अड्कलमा देउवाले पार्टी बैठक पनि टार्दै आएका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका बेला गृहमन्त्री … Read more

नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष समशेर मियाँ पक्राउ

काठमान्डौं जेष्ठ ४ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष समशेर मियाँ पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका मियाँ विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी फरार थिए । उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नक्कली … Read more

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

काठमाडौं, जेठ ४– भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई झापाबाट पक्राउ गरिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो । पछिल्लो समय रिजालले पुनर्बास गराउन … Read more

नक्कली शरणार्थी प्रकरण: रायमाझी, खाँणसहितका आरोपी थप तीन दिन हिरासतमा रहने

काठमाडौं, जेठ ३- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप … Read more

सुडानको झडपमा परी ६७६ जनाको मृत्यु

सुडानी सेना र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ । सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल–बुहारन र उप–प्रमुख मोहम्मद हमदान डागलोप्रति वफादार सुरक्षा बल ( र्‍यापिड सपोर्ट फोर्सेज) बीचको द्वन्द्वले एक महिना नाघिसकेको छ । ‘सुडानको सशस्त्र बल र … Read more

संघीयता जोखिममा पर्ने अवस्था देखियोः माधवकुमार नेपाल

काठमाडौं,जेठ १- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन्। सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताए। अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ। उनले कम्युनिष्टहरु एक … Read more

रोकिएन विरगञ्ज-पथलैया सडक खण्डमा अवैध कर असुली

बारा, जेष्ठ १ गते । विरगञ्ज-पथलैया सडक खण्डमा अवैध कर असुली गर्ने एक गिरोह पक्राउ पर्दा पनि ठेक्केदारले अरु मान्छेहरु खटाएर अवैध कर उठाइरहेको छ । आइतबार दिउसो बारा प्रहरीले कवाडी करको नाममा कवाडी बाहेकका अन्य सवारीहरु संगपनि कर उठाइरहेको अवस्थामै पक्राउ गरेको थियो । एक गिरोह पक्राउ पर्दा पनि अवैध असुली रोकिएको छैन । … Read more

बाराबाट काठमान्डौं जादैगरेको बस चितवनको पर्सामा दुर्घटना, ३१ जना घाइते

बारा, जेष्ठ १ गते । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक … Read more

भुटानी शरणार्थी प्रकरणः टोपबहादुरलाई म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौँ,जेठ १- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पछिल्ला भिआइपी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । आइतबार साँझ बुढानीलकण्ठ नगरपालिकाको पासिकोट भन्ने स्थानबाट पक्राउ परेका रायमाझीलाई आइतबार नै काठमाडौँ परिसर लगिएको थियो । प्रहरीले आज उनको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि जिल्ला अदालत लैजानुभन्दा अगाडि केही समय … Read more

टोपबहादुर रायमाझी काठमाडौबाट पक्राउ

काठमाडौं,बैशाख ३१- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि … Read more