चोरी आरोप लागेको घरमा खोजतलासी गर्न गएको प्रहरी माथि खुर्सानी सहितको तातोपानी र ढुंगा प्रहार

बारा, पुस २० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ७ जीतपुरमा आफ्नै छिमेकीको घरबाट चोरी गरेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीतपुरको नसिमनगर टोलमा स्थानीय नसरुदीन देवानको घर बाट मंगलबार राति चोरी गरेको आरोपमा स्थानीय रिजवाना खातुन सहित उनको घरको अन्य ४ जना सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नासरुदीन देवानको श्रीमती … Read more

उद्योगी व्यवसायीलाई यो सरकारले रातो कार्पेटले स्वागत गर्छः गृहमन्त्री लामिछाने

काठमाडौं,पुस २०- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्। उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धतासमेत … Read more

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे माधव नेपाल, सरकारलाई समर्थन एजेन्डा

काठमाडौं,पुस २०- सरकारलाई समर्थन गर्ने कुरामा अनिर्णित रहेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन्। बुधबार पार्टीनिकट युवा संघको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गरेपछि उनी प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन्। त्यहाँ दुई नेताबीच सात दलीय गठबन्धन सरकारलाई समर्थनबारे कुरा हुने स्रोतले जनाएको छ। समाजवादीको चार दिन … Read more

चिसोका कारण जीतपुरसिमरा उपमहानगरपालिकाको विद्यालय तिन दिनका लागि बन्द

जीतपुर, पुस १९ गते । अत्याधिक चिसोका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालय तिन दिनका लागि बन्द गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका को कार्यालयले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा समिति को निर्णय अनुसार उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन पुष १९,२० र २१ … Read more

बारा: बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बारा, पुस १९ गते । इलाका प्रहरी कार्यालय निजगढले छिमेकी १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो । चौधरीले कोठामा पुगेकी … Read more

सरकारको स्पीरिट अनुसार काम गर्न सचिवहरुलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिने

काठमाडौं, पुस १९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरुलाई आज निर्देशनात्मक सम्बोधन गर्दैछन् । हिजो सचिवहरुबाट कामकारबाहीबारे रिपोर्टिङ सुनेका प्रधानमन्त्री प्रचण्डले आज उनीहरुलाई थप सुझावसहित निर्देशन दिन लागेका हुन् । सोमबार प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई सिंहदरबारमा बैठक राखेर मन्त्रालयबाट हुँदै आएका काम र सचिवलगायतका कर्मचारीहरुको कार्यशैलीबारे जिज्ञासा राखेका थिए । सो दिन अधिकांश मन्त्रालयका सचिवहरुको ब्रिफिङ … Read more

निजगढका वडाध्यक्ष श्रेष्ठलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमती

बारा, पुस १९ गते । जबरजस्ती करणीको मुद्धामा जिल्ला अदालत बाराले निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु श्रेष्ठलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई समय दिएको छ । म्याद थपका लागि निजगढस्थित इलाका प्रहरी कार्यालय श्रेष्ठलाई सोमबार जिल्ला अदालत पेश गरेको थियो । एक १५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपपछि फरार रहेका वडाध्यक्ष … Read more

सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्री लामिछानेको निर्देशन: जनताको गुनासालाई ध्यान दिनुहोस्

काठमाडौं, पुस १८- गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक भएको छ । गृह मन्त्रालयबाट भर्चुअल रूपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधिसमेत सहभागी भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । बैठकमा गृहमन्त्री लामिछानेले शान्ति … Read more

सत्तारूढ गठबन्धनमा सामेल हुन सकिँदैनः माधव नेपाल

काठमाडौं, पुस १८- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको हो। काठमाडौंमा सुरू भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने पनि … Read more

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

काठमाडौं, पुस १८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाइएको हो । ‘२६ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाउनुभएको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले … Read more