हात्ती प्रजनन केन्द्र सौराहामा शल्यक्रिया गरेर जन्माइयो छावा

चितवन,फागुन २५- नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा गराइएको हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिनुभयो । … Read more

अभिनेत्री सुरक्षा पन्तको इन्जेगमेन्ट, आज विवाह हुदै

काठमाडौं, फागुन २५ गते। अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच बुधबार इन्गेजमेन्ट भएको छ । फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’ बिहीबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । तस्वीरमा … Read more

दशैंसम्म छोरीको स्याहारमा रमाएपछि पुनः फिल्म क्षेत्रमा फर्कने श्वेताको योजना

काठमाडौं, माघ २५- श्वेता खड्का छोरी ब्रायनालाई स्याहारमा व्यस्त छिन् । कम्तीमा आगामी दशैंसम्म ‘मदरहुड’मै समय बिताउने उनको योजना छ । त्यसपछि फिल्म र व्यवसायको दैनिकीमा फर्कने तालिकामा छिन् । दशैंपछि फिल्मको प्रोजेक्टलाई अघि बढाउने उनको योजना छ ।

बोरिङको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु

सर्लाही, माघ १३ गते । सर्लाहीमा पानीमा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ। जिल्लाको हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर मृत्यु भएको हो। घरबाट करिब ५ सय मिटर दक्षिणमा रहेको खेतमा बोरिङबाट निकालेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला … Read more

बलात्कार आरोपी निजगढका वडाध्यक्ष पुर्पक्षको लागि थुनामा

बारा, माघ ११ गते । किशोरीलाई बलात्कार गरेको आरोपमा बाराको निजगढका एक वडाध्यक्ष लाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । नगरपालिका – २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशानुसार प्रहरीले श्रेष्ठलाई विरगञ्ज कारागार चलान गरेको छ … Read more

बाघको आक्रमणबाट एक महिला घाइते

बर्दिया,माघ १०– बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । खरखडाइका लागि निकुञ्ज गएकी ठाकुरबाबा नगरपालिका ३, नेउलापुर गाउँकी ३२ वर्षिया जानकी बिष्ट (कार्की) बाघको आक्रमणबाट घाइते भएकी हुन् । घाइतेको कुममा बाघले आक्रमण गर्दा गम्भीर चोट लागेको र भुरिगाउँको स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बर्दिया निकुञ्जका … Read more

धरानमा खुकुरी प्रहार गरी साथीको हत्या

इनरुवा, ६ माघ । सुनसरी जिल्लाको धरानमा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् । धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् ।स्थानीय ३९ वर्षीय हर्कबहादुर … Read more