hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

घट्यो सुनचाँदीको भाउ

काठमाडौँ, वैशाख ११ गते । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबा तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ पनि आज प्रतितोला २ सय रुपैयाँले घटेर तोलाको १ … Read more

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

चितवन, ११ वैशाख । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ ।

उपनिर्वाचनको नतिजा तीन दिनभित्र सार्वजनिक हुने

काठमाडौं, वैशाख ९– निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा तीनदिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बैशाख १० गते हुने उपनिर्वाचनको मतपरिणाम ३ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनको सबै तयारीमा सघाउन जिल्ला प्रशासन कार्यालय र प्रमुख … Read more

हिउँदे अधिवेशन लम्बिँदा बजेटमा दबाब

काठमाडौं, वैशाख ९– संसद्को चालु हिउँदे अधिवेशन लम्बिँदै जाँदा बजेट अधिवेशनको कार्यतालिकामा दबाब पर्न थालेको छ । चालु अधिवेशन अन्त्यको कुनै टुङ्गो लागेको छैन । वैशाख १२ गतेपछि लगत्तै अधिवेशन अन्त्यको सिफारिस गर्ने सरकारको तयारी छ । अधिवेशन अन्त्यमा ढिलाइ हुँदा यो वर्ष पनि बजेटको सिद्धान्त र प्राथमिकता (प्री–बजेट)को छलफल सङ्क्षिप्त वा नियम निलम्बनकै भर … Read more

जीतपुरको एक ईलेक्ट्रोनिक्स पसलमा आगलागी, गोदाम जलेर खरानी

बारा, वैशाख ८ गते । बाराको एक ईलेक्ट्रोनिक्स पसलमा आगलागी हुदा लाखौको क्षति भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडानमबर ७ जीतपुरको प्रिमियम ईलेक्ट्रिकल्समा आगलागी भएको हो । शुक्रबार राति करिब ९:४० बजेको समयमा पसलमा आगो लागेको स्थानियहरूले बताएका छन् । आगलागी भएको केहि ३० मिनट भित्रस्थानिय, जीतपुरसिमरा उपमहानगरपालिकाको बारूणयन्त्र र प्रशासनको सहयोगमा आगो नियन्त्रण गरिएको … Read more

सन्दीप बने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी

काठमाडौं, वैशाख ८ गते । नेपालका स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा यो कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा एक विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाए । उनले खेलको १२ ओभर ३ बलमा अदिल सफिकलाई एलबीडब्ल्यू आउट गरे । … Read more

सर्लाहीमा सवारी दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु

सर्लाही, वैशाख ७ गते । सर्लाही जिल्लामा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका ६ मा बिहीबार बिहान ७ बजेतिर ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्र. २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लालबन्दी नगरपालिका ६ स्थित … Read more

आज आमाको मुख हेर्ने दिन

काठमाडौं, वैशाख ७– वैशाख कृष्ण औँसी अर्थात् मातातिर्थ औँसी । नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र बात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ। छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खाद्यपदार्थ खुवाउने, लुगाफाटोजस्ता उपहार दिने र आशीर्वाद थाप्ने चलन … Read more

उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि लागु हुने

काठमाडौं, वैशाख ७– उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ … Read more

बारा-२ मा चुनावी सर्दगर्मी

बारा, वैशाख ७ गते । बारामा साँझबिहानको तापक्रम दिन प्रति दिन बढ्दो छ । उपनिवार्चनका उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन् । केही दिन अघि मात्रै सम्म काठमाण्डौं मैं रहेका उम्मेदवार अहिले मधेसी पहिरनमा सज्जिएर यति बेला मतदाताको घर आँगनमा दिन रात छन् । अधिकांश चर्चित उम्मेदवार बाहिरी जिल्लका भएकाले समेत उनीहरु एकसरो घरदैलो मैं व्यस्त … Read more