hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

पोखरा विमान दुर्घटना अपडेट: घटनास्थलबाट ३२ जनाको शव निकालियो

काठमाडौं, माघ १- पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो … Read more

मेयर बालेनले सुरक्षा खतरा बढेको भन्दै मागे व्यक्तिगत सुरक्षाकर्मी

काठमाडौं, पुस २९ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै शाहले सुरक्षाकर्मी माग गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने, ‘उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो, हामीले त्यस निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका छौं … Read more

सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन क्यानले कानुन व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ, पुस २९- सन्दीप लामिछाने माथिको निलम्बनबारे नेपाल क्रिकेट संघ (क्यान)ले छलफल गर्दै छ । सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि सुझाव माग्ने र त्यसपछि मात्र निर्णय गर्ने … Read more

धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

काठमाडौं, पुस २९ गते । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएरछाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागिथुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको … Read more

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, विदेश जान रोक

२८ पुस, काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए

चितवन, पुस २८- चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र पाटे बाघ मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत हिजो निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा अन्दाजी ५ वर्षको एकसिगें गैँडा मृत भेटेको हो । यसैगरी, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने … Read more

सभामुखको चुनाव माघ ५ गते हुने

काठमाडौँ, पुस २६- सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए विश्वासको मतमा २६८ मत

काठमाडौ, पुस २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । पुष्प कमल दाहाल “प्रचण्ड” लाई २६८ सांसदले विश्वासको मत दिएका छन् भने २ जनाले प्रचण्डको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत … Read more

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौँ, पुस २६- प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिनुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो । नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको … Read more

नेपाली नागरिकता नभएकाले लामिछानेको सांसद पद खारेज हुने कानुन व्यवसायीहरुको तर्क

काठमाडौं, पुस २२- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने बताए छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताए हुन् । । अधिवक्ताहरु सुरेन्द्र भण्डारी, अमृत … Read more