सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, विदेश जान रोक

२८ पुस, काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए

चितवन, पुस २८- चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र पाटे बाघ मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत हिजो निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा अन्दाजी ५ वर्षको एकसिगें गैँडा मृत भेटेको हो । यसैगरी, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने … Read more

सभामुखको चुनाव माघ ५ गते हुने

काठमाडौँ, पुस २६- सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए विश्वासको मतमा २६८ मत

काठमाडौ, पुस २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । पुष्प कमल दाहाल “प्रचण्ड” लाई २६८ सांसदले विश्वासको मत दिएका छन् भने २ जनाले प्रचण्डको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत … Read more

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौँ, पुस २६- प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिनुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो । नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको … Read more

नेपाली नागरिकता नभएकाले लामिछानेको सांसद पद खारेज हुने कानुन व्यवसायीहरुको तर्क

काठमाडौं, पुस २२- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने बताए छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताए हुन् । । अधिवक्ताहरु सुरेन्द्र भण्डारी, अमृत … Read more

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

काठमाडौँ, पुस २२- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ आज संवैधानिक इजलासमा सुरु भएको छ ।कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी तोकिएको छ । संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने … Read more

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जर, एकीकृत कारोबार पुस २५ गतेदेखि

काठमाडौं, पुस २१ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ। यी दुई बैंक एक आपसमा गाभिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू गर्न लागेको हो। नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

उद्योगी व्यवसायीलाई यो सरकारले रातो कार्पेटले स्वागत गर्छः गृहमन्त्री लामिछाने

काठमाडौं,पुस २०- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्। उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धतासमेत … Read more

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे माधव नेपाल, सरकारलाई समर्थन एजेन्डा

काठमाडौं,पुस २०- सरकारलाई समर्थन गर्ने कुरामा अनिर्णित रहेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन्। बुधबार पार्टीनिकट युवा संघको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गरेपछि उनी प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन्। त्यहाँ दुई नेताबीच सात दलीय गठबन्धन सरकारलाई समर्थनबारे कुरा हुने स्रोतले जनाएको छ। समाजवादीको चार दिन … Read more