hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

इन्धनकाे भाउ फेरी बढयाे

काठमाडौं,१८ माघ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले … Read more

क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन दिएका लामिछानेले नेपालभित्र क्रिकेट खेल्न पाउने

काठमाडौँ, माघ १८- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। एक बोर्ड सदस्यका अनुसरा क्यानले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएपनि उनी तत्काल राष्ट्रिय टिममा नपर्ने ती सदस्यले बताए। लामिछानेले क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन … Read more

पत्रकारको स्वास्थ्य दुर्घटना बीमाको व्यवस्था गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ, माघ १७- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले सञ्चारकर्मीहरूको सीप र दक्षता अभिवृद्धि र अध्यवाधिक गर्न एवम् उच्चतम व्यवसायीक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको … Read more

विद्युतीय राहदानी : एक महिनाका लागि अनलाइन बुकिङ खुला

काठमाडौँ, माघ १७– विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ। राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका लागि अवसर पाउने गरेका थिए। अब सेवाग्राहीले आफ्नो समयानुकूल योजना बनाएर इनरोलमेन्टका लागि फाराम भर्न पाउने व्यवस्था गरिएको छ। हरेक दिन एक हजार पाँच … Read more

आज देखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं, माघ १६– कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन्। आजदेखि भने बिहान १० बजेदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। गृह मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ । वैशाख १ गतेदेखि … Read more

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ६३ करोडको काम, अनियमितता भेटिएन

काठमाडौँ, माघ १५- चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ६३ करोड रूपैयाँभन्दा बढीको काम भएको सरकारी अध्ययनले देखाएको छ । केन्द्र सरकारदेखि भरतपुर महानगरसम्मले पटक–पटक वित्तीय र प्राविधिक मूल्यांकन गरे पनि अहिलेसम्म प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । जनस्तरबाट सहयोग संकलन गरी धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको सुरुवात गरेको थियो । भरतपुर महानगपालिकासँगको सहकार्यमा निर्माण थालिएको रंगशाला … Read more

रवि लामिछानेले लिए जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता

चितवन,माघ १५- निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन् । लामिछाने आज नागरिकता पुन: प्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए । सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि रविले मन्त्री र सांसद पद गुमाएका … Read more

रवि लामिछानेलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी

काठमाडौं, माघ १५- राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो । रास्वपा प्रवक्ता मुकुल ढकालका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको हो । ढकालले भने, … Read more

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने

काठमाडौं,माघ १४- रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । ‘उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको … Read more

नागरिकता लिएपछि रवि लामिछाने फेरी गृहमन्त्री बन्ने

काठमाडौं,माघ १४- निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनःप्राप्ति प्रक्रिया थाल्ने भएका छन् । अहिले सर्वोच्चले नेपाली नागरिकता पुनःप्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै लामिछानेले नेपाली नागरिकता पुनःप्राप्ति प्रक्रियामा जाने तयारी गरेको स्रोतको दावी छ । सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो … Read more