इजरायलबाट नेपाल फर्किन चाहनेलाई सरकारले ल्याउने

काठमाडौ,असोज २२- सरकारले प्यालेस्टाइनको हमास समूहको आक्रमणपछि इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार गर्ने भएको छ । त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गर्न लागिएको इजरालयमा रहेको नेपाली दूतावासले जनाएको छ । शनिबार हमासले गरेको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ ।

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

राँझा, साउन २१- भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । दुर्घटनामा परी नेपालगन्ज … Read more

ब्राजिलका पूर्व राष्ट्रपतिलाई ८ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध

ब्राजिल, असार १६- ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ। ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्व राष्ट्रपति बोल्सोनारोलाई आगामी आठ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ । यसलाई दक्षिणपन्थी नेताका लागि ठूलो धक्का मानिएको छ । बोल्सोनारो गत चुनावमा आफ्नो शक्ति र मिडियाको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर भएका छन्। बोल्सोनारोलाई सातमध्ये पाँच … Read more

भारतको ओडिशामा भयानक रेल दुर्घटना, २ सयभन्दा बढीको मृत्यु

काठमाडौं, जेठ २०– भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । एनडीटीभीका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते … Read more

सुडानको झडपमा परी ६७६ जनाको मृत्यु

सुडानी सेना र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ । सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल–बुहारन र उप–प्रमुख मोहम्मद हमदान डागलोप्रति वफादार सुरक्षा बल ( र्‍यापिड सपोर्ट फोर्सेज) बीचको द्वन्द्वले एक महिना नाघिसकेको छ । ‘सुडानको सशस्त्र बल र … Read more

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं, वैशाख २६- पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो । उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ । इस्लामावादको हाइ कोर्टमा उनीविरुद्धको सुनुवाइमा उपस्थित हुने क्रममा अदालतको गेटबाट खानलाई अचानक उक्त फोर्सले पक्राउ गरेको प्रत्यक्षदर्शीले … Read more

भारतमा १० हजार ७५३ कोरोना सङ्क्रमित थपिए, २७ जनाको मृत्यु

नयाँ दिल्ली, बैशाख २- भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १० हजार ७५३ नयाँ सङ्क्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको छ। जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ३१ हजार ९१ पुगेको छ । … Read more

सलमान खानलाई पुनः ज्यान मार्ने धम्की, तोकियो मिति

चैत्र २८-  बलिउड अभिनेता सलमान खानलाई पुनः एक पटक धम्कीपूर्ण फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल (१७ वैशाख) मा हत्या गरिदिने धम्की दिएका छन् । उक्त फोन सोमबार राती ९ बजे आएको हो । १० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर रिलिज गरे … Read more

लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा भारतमा एकै परिवारका ६ जनाको मृत्यु, दुईको अवस्था गम्भीर

दिल्ली, चैत १७- दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई उद्धृत गर्दै कार्बन मोनोअक्साइड ग्यासका कारण उनीहरूको मृत्यु भएको जनाएको छ । मानिसहरू घरमा सुतिरहेका बेला लामखुट्टे भगाउनका लागि रात भरी रिपेलेन्ट बालिरहेका थिए । घरमा कार्बन मोनोअक्साइड ग्यास हुनुको कारण यसैलाई बताइएको छ । अतिरिक्त … Read more

अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, ५ जनाको मृत्यु

अमेरिका, फागुन १४- अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए) ले आज जनाएको छ । दुर्घटनाग्रस्त … Read more