कृषिलाई प्राथमिकता दिदै माडी नगरपालिकाले ल्यायो ९६ करोड ६९ लाख बजेट

माडी, असार ११ गते । माडी नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिकी हुन् । ‘व्यवसायीक कृषि, आत्मनिर्भर माडी’ भन्ने नारासहित माडी नगरपालिकाले सिँचाई अन्तरगत साना, मझौला र ठूला बोरिङ … Read more

सुनकोशी नदी किनारमा एक बालकको शव फेला

सिन्धुलि, असार १ गते । सिन्धुलिको सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको हो । सुनकोशी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनु भयो ।

घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु

सिन्धुली, असार १– सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको … Read more

मकवानपुरमा करेन्ट लागेर २ जनाको मृत्यु

मकवानपुर, जेठ ३२ गते । करेन्ट लागेर मकवानपुरमा दुईजनाको मृत्यु भएको छ। जिल्लको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताउनु भयो। बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै … Read more

एक्सनमा बालेन : विपन्नलाई निःशुल्क उपचार नगर्ने ६८ स्वास्थ्य संस्थालाई ७ दिने अल्टिमेटम

काठमाडौं, जेठ १७– काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल लगायत ६८ स्वास्थ्य संस्थालाई ७ दिने अल्टिमेटम दिएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले ती स्वास्थ्य संस्थाहरूको लिष्ट बुझाउँदै ७ दिनभित्र कारबाही गर्न माग गरेका छन् । अन्यथा महानगरपालिकाले ती स्वास्थ्य संस्थाको प्रशासन बन्द … Read more

चितवन: ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन, जेष्ठ १७ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र.३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा … Read more

चितवनको लोथरसम्म ल्याइने पेट्रोलियम पाइप लाइन परियोजनाको भारतमा शिलान्यास हुने

चितवन, जेठ १६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएको बेला तीन वटा परियोजनाको शिलान्यास हुने भएको छ । भारतको सिलिगुडीदेखि झापा सम्मको पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको शिलान्यास भारतबाटै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनाको समेत शिलान्यास गर्ने तयारी … Read more

बारामा अवैध लागूऔषध सहित चितवनका तामाङ पक्राउ

बारा, जेष्ठ ११ गते । बारामा अवैध लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विश्रामपुर गाउँपालिका-३ मुसहर्वाबाट प्रहरीले लागुऔषध NITRAVET-10 सहति एक जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री र सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आएका पैदल यात्री चितवन भरतपुर-१२ का पुष्पराज तामाङका छोरा … Read more

चितवनमा करेन्ट लागेर युवकको मृत्यु

चितवन, जेष्ठ ७ गते । चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५, शुक्रनगर स्थित विद्युतको ट्रान्समिटर परिवर्तन गर्न विद्युतको कर्मचारीलाई सहयोग गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समितिका कामदार बाँकेको जानकी गाउँपालिका–२ का २० वर्षीय देसराज कोरी रहेका छन् । करेन्ट लागेर घाइते भएका … Read more

बाराबाट काठमान्डौं जादैगरेको बस चितवनको पर्सामा दुर्घटना, ३१ जना घाइते

बारा, जेष्ठ १ गते । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक … Read more