श्री ने.रा.मा.बि.बकुलियाद्वारा ५०७ विद्यार्थीलाई पोषाक वितरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाले आर्थिक रूपमा विपन्न तथा प्रारम्भिक तहका विद्यार्थीलाई लक्षित गर्दै ५०७ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ। बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई सर्ट, फ्रक, पाइन्ट, जुत्ता, मोजा, टाई र बेल्ट वितरण गरिएको हो।विद्यालयका प्रधानाध्यापक धनन्जय गौतमका अनुसार सर्ट, … Read more

जीतपुरसिमरामा कडा रोगका १९ जना बिरामीहरुलाई रु.८ लाख ५० हजार रुपैया बितरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले कडा रोगका १९ जना बिरामीहरुलाई रु.८ लाख ५० हजार रुपैया बितरण गरेको छ । उपचार कार्यविधि २०८२ अनुसार उपचार सहायताका लागि परेका निवेदनहरूको प्रक्रिया पूरा गर्दै योग्य बिरामीहरूलाई आर्थिक सहायता प्रदान गरेको छ।उपमहानगरपालिकामा उपचार सहायताका लागि ६१ जनाबाट निवेदन प्राप्त भएको थियो। ती निवेदनहरूको कार्यविधिअनुसार छानबिन तथा मूल्याङ्कन गर्दा १९ … Read more

वडा अध्यक्ष वाग्लेको सम्मानमा नेका द्धारा विशेष कार्यक्रम

रञ्जन यादब /बारा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३, बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ। आफ्नो वडामा उल्लेखनीय र उदाहरणीय कार्य सम्पादन गरेको, साथै नेपाल सरकारबाट प्राप्त पारिश्रमिकसमेत जनताकै सेवामा समर्पित गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो। वडा अध्यक्ष वाग्लेले गरिब, दिनदुखी … Read more

बारा जिल्लाका जेन्जी अगुवाहरूबाट मन्त्री घिसिङलाई पूर्वाधार सुधारका लागि आठ बुँदे माग

रञ्जन यादब /बारा बारा जिल्लाका जेन्जी अगुवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी जिल्लाको समग्र भौतिक विकासका लागि आठ बुँदे मागसमेतको ज्ञापनपत्र बुझाएका छन्। जिल्लामा प्रमुख सडक तथा संरचनाको निर्माण कार्य ढिलाइ भइरहेको, कतिपय स्थानमा काम सुरु नै नहुँदा जनजीवन प्रभावित भइरहेको भन्दै उनीहरूले तत्काल सरकारी ध्यानाकर्षण गराएको बारा जिल्ला जेन्जी अगुवा … Read more

औराहामा कृयापुत्री भवनको शिलान्यास, १५ लाखको लागतमा निर्माण कार्य सुरु

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा आवश्यक सामाजिक पूर्वाधार विकासलाई ध्यानमा राख्दै कृयापुत्री भवन निर्माण कार्य विधिवत् रूपमा सुरु गरिएको छ।वडा स्तरीय बजेट शिर्षकबाट विनियोजित रकम रु.१५ लाखको लागतमा निर्माण हुने उक्त भवनको शिलान्यास वडाध्यक्ष तथा नगर प्रवक्ता श्री भोज बहादुर खत्री(ईश्वर)ले गरेका थिए । शिलान्यास कार्यक्रममा वडा नं. ४ का वडा सदस्यहरू, … Read more

जीतपुरसिमरा उपमहानगरका स्वास्थ्य चौकीहरूमा जीवनजल र आयरन चक्कीको अभाव

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरका विभिन्न स्वास्थ्य चौकीहरूमा जीवनजल र आयरन चक्कीको अभाव देखिएको छ। स्थानीयवासी र सेवाग्राहीहरू लामो समयदेखि आवश्यक औषधि नपाएपछि समस्या सार्वजनिक भएको हो। उता, उपमहानगरपालिकाको स्टोरमा भने यी समानहरूको अभाव नरहेको बताइँदै आएको छ। उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबबद्र्धन शाखा प्रमुख रबि भाष्करले स्टोरमा चाहिने जति जीवनजल र आयरन चक्की रहेको बताए … Read more

नेका युवा नेता श्यामबाबु गुप्ता प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस

रञ्जन यादब /बारा नेपाली कांग्रेसका युवा नेता तथा जीतपुरसिमरा उपमहानगरका संस्थापक सभापति श्यामबाबु गुप्ता प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन्। कांग्रेस बारा क्षेत्र नं.४ का क्षेत्रीय समितिको बुधबार प्रसौनीमा बसेको बैठकले गुप्ताको नाम सिफारिस गर्ने निर्णय गरेको हो। स्थानीय क्षेत्रमा लोकप्रिय छवि बनाएका युवा नेता गुप्ताले सामाजिक सेवाका … Read more

कक्षा ११ र १२ का १५ जना बिद्याथीहरुलाई निशुल्क ६० दिने कम्प्युटर तालिम

रञ्जन यादब /बारा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी ६० दिने निःशुल्क कम्प्युटर तालिम जेसिआई सिमराको संयोजनमा सञ्चालन आएको छ । तालिमका लागि पाँच विद्यालयबाट तीन जनाका दरले विद्यार्थीहरू छनोट भएका छन्। सहभागी विद्यालयहरूमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहा, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैया, … Read more

जन ज्योति सामुदायिक वनद्वारा प्राङ्गारिक मल उत्पादन सुरु

रञ्जन यादब /बारा निजगढ नगरपालिका वडा नं.७ स्थित जन ज्योति सामुदायिक वन उपभोक्ता समूहले प्राङ्गारिक मल उत्पादनका लागि आवश्यक मेसिन सञ्चालनमा ल्याएको छ। डिभिजन वन कार्यालय बाराको लागत साझेदारीमा खरिद गरिएको सो मेसिनको उद्घाटन डिभिजन बन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव कुमार झाले गरेसँगै प्राङ्गारिक मल उत्पादनको कार्य औपचारिक रूपमा सुरु भएको हो। उद्घाटन … Read more

जीतपुरसिमरा नगर अस्पतालमा नवजात शिशुहरूलाई न्यानो कपडा वितरण

रञ्जन यादब /बारा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर जीतपुरसिमरा नगर अस्पतालमा जन्मिएका नवजात शिशुहरूका लागि न्यानो कपडा (बेबी ब्ल्याङ्केट) वितरण गरिएको छ। सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा गरिएको उक्त कार्यक्रममा १ सय थान बेबी ब्ल्याङ्केट हस्तान्तरण गरिएको हो। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का कार्यवाहक वडाध्यक्ष उद्वब प्रसाद गौतमको … Read more