hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बारामा खोटा मुद्रासहित दुईजना पक्राउ

  • रञ्जन यादब /बारा

बाराको सिम्रौनगढ नगरपालिकाबाट खोटा मुद्रासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ वडा नम्बर ४ गंगानगरस्थित गण्डक नहर सडकखण्डबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पक्राउ पर्नेहरुमा भारतको मोतिहारी जिल्ला ग्राम हरनारायणा–१० बस्ने ३९ को राजेश दास र मोतिहारीकै ग्राम बिजबनी अगरवा ४ बस्ने ४३ वर्षका रामप्रवेश दास रहेका छन् । अमृतगञ्ज प्रहरी चौकीबाट खटिएको टोलीले शंक लागेर जाँच गर्दा बसमा सवार उनीहरुको साथबाट एक हजार दरको ४ थान गरी चार हजार बरामद भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक नविन राईले जानकारी दिए ।उनीहरुले झोलाभित्र प्लाष्टिकको टेपले बेरेर राखेको अवस्थामा २ वटा पोकाको सुरु र अन्त्यमा एक हजार दरका नेपाली नोट राखेर बिचमा भने सोही साईजको भारतीय पत्रिकालाई काटेर बनाइएको १६ वटा गड्डी फेला पारेको हो ।पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।