औराहामा भएको निशुल्क स्वास्थ्य शिबिरमा ४ सय जनाले स्वास्थ्य चेकजाँच गराए

रञ्जन यादब /
बारा
जीतपुरसिमरा उपमहानगरपालिकाको औराहामा भएको निशुल्क स्वास्थ्य शिबिरमा ४ सय जनाले स्वास्थ्य चेकजाँच गराएका छन् । घण्टीमाई सहकारी संस्था लिमिटेड ,औराहाको आयोजना र तराई मोर्डन हेल्थ केयर हस्पिटल, सिमराको प्राबिधिक सहयोगमा भएको शिबिरमा ४ सय जनाले स्वास्थ्य चेक जाँच गराएको घण्टीमाई साकोसका सुचना अधिकारी अस्मिता शर्माले जानकारी दिनुभयो । शिबिरमा तराई मोर्डन हेल्थ केयर हस्पिटलका हाडजोर्नि तथा नशा रोग बिशेषज्ञ ,स्त्रि रोग बिशेषज्ञ र जेनरल फिजिसियनले सेवा प्रदान गर्नुभएको थियो । जसमा हाडजोर्नी ,नसाका बिरामी १ सय ३४ जना ,जेनरलका १ सय २९ जना ,गाईनोका ७२ जना ,डेन्टलका २७ जना र छालाका ३८ जना बिरामी रहेको सुचना अधिकारी शर्माले बताउँनुभयो ।

शिबिर समापन समारोहमा तराई मोर्डन हेल्थ केयर हस्पिटलका मे.सु. डा. रबिन्द्र कुमार सिँहको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीलाई प्रशंसा पत्रले घण्टीमाई साकोसका अध्यक्ष कोपिला सिम्खडाले सम्मान गर्नुभएको थियो । स्वास्थ्य शिबिरमा रोग अनुसारको औषधी निशुल्क बितरण गरिएको थियो ।

स्वास्थ्य शिबिरको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । नगर प्रमुख पौडेलले स्वास्थ्य शिबिरहरुलाई ब्यवस्थित र नियमन गर्नुपर्ने आवश्यक्ता औल्याउँनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रका बिज्ञ तथा चिकित्सकहरुलाई स्वास्थ्य क्षेत्रका योजना तथा सुधारका बिषयमा सल्लाह दिन अनुरोध गर्नुभयो । त्यस्तै घण्टीमाई साकोसका अध्यक्ष कोपिला सिम्खडाले सहकारीहरुलाई नियमन गरी उत्पादन कार्यमा जोडन सल्लाह दिनुभयो ।