रञ्जन यादब /बारा
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेका बिराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन गर्ने गरी काम अघि बढाइएको बताउनुभयो । “हिजो मात्रै हामीले बन्द रहेका ती उद्योग निजी सार्वजनिक साझेदारी अवधारणअनुरुप सञ्चालन गर्ने निर्णय गरेका छौं”, प्रधानमन्त्री दाहालले भन्नुभयो,“ अबको एक हप्ता वा १० दिन भित्रमा त्यसको परिणाम आई नै हाल्छ ,तपाई सबैले थाहा पाईहाल्नु नै हुनेछ ।“ कतिपय उद्योगह नेपाली सेनाले सञ्चालन गर्ने छभने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।
जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी, जनता केन्द्रित बनाउने स्पष्ट पार्नुभयो। “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ”, उहाँले भन्नुभयो, “ यसमा क्रान्ति नै गर्न खोजिएको छ, यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।“आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ’आमुल सुधार’ गरिने विश्वास दिलाउनुभयो ।
नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउनुहुँदै उहाँले अब नयाँ तबरले सरकार अगाडि बढ्ने बताउनुभयो ।जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी, जनता केन्द्रित बनाउने स्पष्ट पार्नुभयो । “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ”, उहाँले भन्नुभयो, “ यसमा क्रान्ति नै गर्न खोजिएको छ, यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।“ आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले
लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ’आमुल सुधार’ गरिने विश्वास दिलाउनुभयो । नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउनुहुँदै उहाँले अब नयाँ तबरले सरकार अगाडि बढ्ने बताउनुभयो ।
पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले आवश्यक योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताउनुभयो ।सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको भन्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको जानकारी दिनुभयो ।
प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटा, उपमहासचिव तथा पुर्वमन्त्री मातृका यादव, केन्द्रीय सदस्य लिलामणि पोखरेललगायत नेताले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले प्रेस सेन्टर नेपालको उत्कृष्ट प्रदेश, उत्कृष्ट जिल्ला र उत्कृष्ट पत्रकारहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा स्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन भ्रमणपश्चात् स्थानीय व्यवसायीसँग आज अन्तरक्रिया गर्दै उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउनेमा जोड दिनुभयो । “निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,” प्रधानमन्त्रीले भन्नुभयो, “रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्व दिएर निजी(सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।”‘सेज’ले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पु¥याइ देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।