hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

संसदमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, जेठ ८–

संघीय संसद्का दुवै सदनमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रममाथि आइतबारदेखि दुवै सदनमा छलफल शुरु भएको हो।

नीति तथा कार्यक्रममाथिको छलफलका लागि सोमबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। छलफलको पहिलो दिन २० सांसदले आफ्नो संशोधन प्रस्तावसहित भाग लिएका थिए।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।