जीतपुरसिमरा: करको नाममा सडकमा अवैध असुली गर्ने गिरोह प्रहरी नियन्त्रणमा

बारा, वैशाख ३१ गते ।

विरगञ्ज-पथलैया औद्योगिक करिडोरको हाइवे सडकमा करको नाममा जथाभावी अवैध पैसा असुली गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । करिडोरको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थितको राजमार्गमा अवैध असुली गरिरहेको गिरोहलाई प्रहरी पक्राउ गरेको हो ।

एच एण्ड जे ट्रेडर्स नामको संस्थाले कवाडीकरको नाममा मालबाहक तथा खाली सवारी साधन संग अवैध तरिकाले पैसा असुली गरिरहेको जन गुनासो पछि प्रहरीले उनिहरूलाई पैसा उठाईरहेकै ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका वडा नम्बर २१ का २७ वर्षिय पप्पु गुप्ता, सोही ठाउँमा २५ वर्षिय श्रीकान्त पटेल, बिन्दबासिनी गाँउपालिका वडा नम्बर १ का १९ वर्षिय चन्दन कुमार पण्डित र भारत घर भएका २१ वर्षिय सुरज कुमार गुप्ता छन् । उनिहरूलाई ईलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको छ ।

एच एण्ड जे ट्रेडर्स विरगञ्जले जीतपुरसिमरा उपमहानगरपालिकाको कवाडीकर ठेक्का लिएको भएनी कवाडीकरको विल दिएर पटके सावरी दस्तुर उठाइरहेको थियो । करिव १० महिना देखी एच एण्ड जे ट्रेडर्सले यसरी अवैध तरिकाले सवारी चालकलाई डराए धम्काएर पैसा उठाउदै आइरहेको बुझिएको छ ।