रञ्जन यादब /बारा ०४ साउन
बाराको सुवर्ण गाउँपालिकामा धान खेतको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नं. ९ बलुवाकी राजेन्द्र महतोकी १८ महिने छोरी लालु कुमारी महतो रहनुभएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बालिका आफ्ना मामा घर सुवर्ण गाउँपालिका वडा नं.७ चौरहियामा आउँनुभएको थियो ।
आइतबार साँझ करिब ५ः३० बजे घर पछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा उहाँ डुबेको प्रहरीले जनाएको छ। परिवारले खोजतलास गर्ने क्रममा साँझ करिब ६ः१५ बजे बालिकालाई पानीमा मृत अवस्थामा फेला पारेका थिए।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो।




