hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

सडक दुर्घटनामा जीतपुरको एक युवतीको मृत्यु

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरकी २० वर्षीया ज्योतीकुमारी गुप्ता रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिमराबाट जीतपुरतर्फ गइरहेको ना ३ त १०९८ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ गइरहेको मधेश प्रदेश ०३–०३२ प ९५९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। ट्रयाक्टरको ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई अगाडि चलिरहेको साइकलमा समेत ठोक्किएको थियो।दुर्घटनामा मोटरसाइकल चालक ज्योती गुप्तासहित पछाडि सवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ की आस्था गुप्ता र साइकल चालक जीतपुरसिमरा–२ का ४२ वर्षीय कृष्ण मगर घाइते भएका थिए।गम्भीर घाइते ज्योतीकुमारीको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको बाराका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिएका छन्।