hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetholiganbet

जनकल्याण सहकारी जीतपुरको २०औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न, ८७ लाख मुनाफा र १५% लाभांश वितरणको घोषणा

रञ्जन यादब /बारा

जनकल्याण बहुउदेश्यीय सहकारी संस्था जीतपुरले सहकारी प्राधिकरणको नियमानुसार अतिथि रहित रूपमा आफनो सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा भव्य रूपमा जीतपुरमा सम्पन्न गरेको छ।कार्यक्रम सस्थाका अध्यक्ष गोपाल सिंह कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा सचिव कपिलदेव प्रसाद यादवले वार्षिक प्रगतिविवरण, कोषाध्यक्ष किरण प्रकाश गिरीले आर्थिक वर्ष २०८२÷०८३ को बजेट, लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामकृष्ण सुबेदीले लेखा प्रतिवेदन तथा प्रबन्धक सन्तोष प्रसाद यादवले आर्थिक वर्ष २०८२÷०८३ का प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा संंस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साह कलवारले उपस्थित सम्पूर्ण शेयर सदस्यहरूलाई स्वागत गर्नुभएको थियो भने सह–प्रबन्धक आत्मराम अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

संस्थाले चालु आर्थिक वर्षमा १७ करोड रुपैयाँको बासलात सहित ८७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। संस्थाले शेयरधनी सदस्यहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको संंस्थाका उपाध्यक्ष कलवारले जानकारी दिए ।उनले लाभांश, संरक्षित पूँजीकोष र कर्मचारी बोनस आगामी आइतबार कार्यालय समयमा वितरण गरिने बताए ।सो अवसरमा उत्कृष्ट बचतकर्ता पाँच जना र उत्कृष्ट ऋणी सदस्य पाँच जनालाई सम्मानपत्रसहित सम्मान गरिएको संस्थाका कार्यसमिती सदस्य मुनि पाठकले जानकारी दिईन् ।कार्यक्रम सफल र मर्यादित ढङ्गले सम्पन्न भएको संस्थाले जनाएको छ।