जीतपुरसिमरामा नगर प्रहरी र चालकलाई आधारभूत तालिम

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाका भर्खरै भर्ना भएका नगर प्रहरी, पहिलादेखि कार्यरत अग्नि नियन्त्रक, दमकल चालक र हल्का सवारी चालकलाई प्रदान गरिएको नगर प्रहरी सेवा प्रवेश आधारभूत तालिम सम्पन्न भएको छ।श्री सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेडक्वाटर, बारामा एक औपचारिक कार्यक्रमको आयोजना गरी तालिमको समापन गरिएको हो।

एक महिनासम्म चलेको तालिममा २ जना नगर प्रहरी सहायक निरीक्षकसहित १४ जना नगर प्रहरी, ३ जना अग्नि नियन्त्रक, २ जना दमकल चालक र १ जना हल्का सवारी चालक सहभागी रहेका थिए।तालिम पश्चात नगर प्रहरीलाई दर्जयानी चिन्ह, सोभन र प्रमाणपत्र वितरण गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईँले दर्जयानी चिन्ह र प्रमाणपत्र वितरण गरेका थिए भने तालिम गराउने गुरुहरुलाई नगर प्रमुख राजन पौडेलले प्रमाणपत्र र माला अर्पण गरेका थिए।कार्यक्रममा बोल्दै नगर प्रमुख राजन पौडेलले तालिममा सिकेको ज्ञान र सीपलाई इमान्दारिपूर्वक व्यवहारमा उतार्न आग्रह गरे। उनले नगर प्रहरीलाई बधाई दिंदै नियम–अनुशासनको घेराभित्र रहेर कार्य गर्न सुझाव दिए। प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईँले नगर प्रहरीलाई कर्मचारी परिवारमा स्वागत गर्दै जिम्मेवारीपूर्वक दैनन्दिन कार्यमा सीपको सदुपयोग गर्न अनुरोध गरे।

attachments

सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेडक्वाटर, बाराका प्रमुख सशस्त्र प्रहरी खुम बहादुर के.सी.ले आगामी दिनमा पनि उपमहानगरपालिकासँग समन्वय गर्दै शान्ति, सुरक्षा र अमन–चयन कायम गर्न नगर प्रहरीलाई सक्रिय रहन आग्रह गरे।समापन कार्यक्रममा नगर प्रहरीका परिवारजनहरूको पनि उपस्थिति रहेको थियो।कार्यक्रममा प्रशिक्षार्थीहरुले कबाज प्रदर्शन गरेका थिए ।औपचारिक कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरिक्षक प्रेम सिँह धामीले गरेका थिए ।कार्यक्रम पश्चात दिवाखानाको आयोजना गरिएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकामा यस भन्दा अगाडि एक जना नगर प्रहरी सायक निरिक्षक सहित १२ जना कार्यरत रहेका छन् ।