दोस्रो विभूति अन्तरविद्यालय महिला फुटबल प्रतियोगिता उद्घाटन सम्पन्न,पहिलो दिनको खेलमा विभूति र होलि गार्डेन बिजयी

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा नगरपालिकामा आयोजित दोस्रो विभूति अन्तरविद्यालय महिला फुटबल प्रतियोगिता को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। एन प्याबसन जीतपुरसिमरा नगर कमिटी को आयोजनामा तथा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन, डुमरबाना को संयोजनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा विभिन्न आठ विद्यालयका टोलीहरू सहभागी भएका छन्। उद्घाटन समारोहमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष विदुर खड्का को अध्यक्षता रहेको थियो भने कार्यक्रम सहायक प्रिन्सिपल किशोर श्रेष्ठ को सञ्चालनमा सम्पन्न भएको हो ।महिला खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यो प्रतियोगिता फागुन ५ गतेसम्म सञ्चालन हुनेछ।

आयोजकहरूले खेलाडीहरूलाई उत्साहजनक वातावरण प्रदान गर्दै महिला फुटबलको विकासमा योगदान दिने लक्ष्य लिएको संयोजक बिद्यालयका अध्यक्ष बिदुर खड्काले बताए ।प्रतियोगिताको पहिलो खेलमा विभूति सामुदायिक शिक्षा सदन ले पाथीभरा इंग्लिश बोर्डिङ स्कुल लाई २–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

यस खेलमा स्मृति थापा मगर उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द गेम घोषित भएको राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदनले जनाएको छ ।त्यस्तै, दोस्रो खेलमा होली गार्डेन ले एक्स–सर्भिसमेन टिमलाई २–० को अन्तरले पराजित गरेको छ। यस खेलमा रोजिता लामा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द गेम घोषित भएको बिद्यालयका प्रिन्सिपल सागर ठाडा मगरले जानकारी दिए ।