गढीमाई मन्दिरमा आउँने भक्तजनहरुको गरगहना चोरि गर्ने तीन जना

 

बाराको गढीमाई मन्दिरमा दर्शन गर्न आउँने भक्तजनहरुको गरगहना चोरि गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा नं.१६ बस्ने शम्भु राय यादब ,वडा नं.२० बस्ने संदिप राय यादब र पकाहा मैनपुर गाउँपालिका वडा नं.५ बस्ने पवन यादब रहेका छन् ।

मन्दिरमा दर्शन गर्न आउँने दर्शनार्थीहरुको सिक्रि लगायतको गरगहना उनीहरु चोर्दै आएका थिए । ।मेलामा जडान सिसि टिभी क्यामरामा हेर्दा तिनै जनालाई पहिचान गरी पक्राउ गरिएको माहागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र यादवले बताउनुभयो । हिजो सुनको सिक्री चोरेका उनीहरुमध्ये एकजना आज आईतबार पनि एक दर्शनार्थीको पाईन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्नको लागी जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाईएको समेत नगर प्रमुख यादवले बताउनुभयो ।मङ्सिर १ गतेदेखि सुरु हुने मेलामा आउने दर्शनार्थीको सुरक्षाको लागी २० ठाउँमा सिसि टिभी क्यामरा जडान गरिएको र बाकि १० वटा अझै थप्ने काम भईरहेको महागढीमाई नगरपालिकाले जनाएको छ ।