रञ्जन यादब /बारा
जितपुरसिमरा उपमहानगरपालिकामा नेपाल संवत्, दिपावली र छठ पर्वको अवसरमा माओवादी केन्द्रले शुभकामना आदानप्रदान कार्यक्रम सिमरास्थित होटल प्याराडाइजमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अतिथिको रुपमा बारा क्षेत्र नं.४(क) का प्रदेश सभा सदस्य देवनार।यण चौधरी , ४(ख) का प्रदेश सभा सदस्य जितेन्द्र सोनल , पोलिटब्युरो सदस्य दिनेश राई, माओवादी केन्द्रका केन्द्रिय सदस्य गीता कडेल, कांग्रेस नेतृ उपमेयर प्रत्याशी मेघा शाही, निरु रायमाझी र समाजसेवी मुकुन्द बहादुर क्षेत्रीलगायतले उपस्थिति रहेको थियो ।कार्यक्रममा जितेन्द्र सोनलले लोकतन्त्रमा राजनीतिक दलहरूको विचार फरक हुनु स्वाभाविक भएको बताउँदै यस किसिमका कार्यक्रमहरूले सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।
यस्तै, नगर अध्यक्ष प्रेम बरालले दिपावली उज्यालोको पर्व भएको बताउँदै यसले मानिसहरूमा सकारात्मक ऊर्जा प्रवाह गर्ने कुरा व्यक्त गर्नुभयो ।कार्यक्रममा माओवादी केन्द्रका विभिन्न नेताहरू र अतिथिहरूले शुभकामना सन्देश आदानप्रदान गरेका थिए ।
कार्यक्रममा उपस्थित सबैले पर्वको महत्त्वबारे चर्चा गर्दै सामाजिक समन्वय र सहकार्यलाई सुदृढ गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिएका थिए ।कार्यक्रममा नगर कमिटी सचिव अर्जुन चिमरियाको स्वागत मनत्बय रहेको कार्यक्रममा सचिवालय सदस्य बेनी प्रसाद तिमल्सिनाले कार्यक्रमको सहजीकरण गरेका थिए ।