बन क्षेत्रमा गरिएको अबैध गाँजा खेती फडानी ,५ बिघा जग्गा भयो अतिक्रमण मुक्त

रञ्जन यादब \पर्सा

पर्सा जिल्लाको बन क्षेत्र अतिक्रमण गरी गर्दै आएको अबैध गाँजा खेती फडानी गरि नष्ट गरिएको छ । डिभिजन बन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदको कमाण्डमा गएको टोलीले करिब ५ बिघाहा क्षेत्रमा गर्दै आएको गाँजा खेती नष्ट गरेको सब डिभिजन बन कार्यालय बड्निहारका बन अधिकृत नबिनित मिश्राले जानकारी दिए ।

सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ नयाँबस्ती स्थित बन क्षेत्रमा बर्षौ देखि अतिक्रमण गर्दै गाँजा खेती गर्दै आएको थियो । गाँजा फडानीको क्रममा करिब १ लाख ५० हजार बिरुवा नष्ट भएको हुन सक्ने उनले अनुमान ब्यक्त गरे ।गाँजा फडानीको क्रममा कोही पनि आफनो भएको दाबी गर्न नआएको र अवरोध पनि नगरेको बन अधिकृत मिश्राले बताए । डिभिजन बन कार्यालयले अतिक्रमण हटाई आफनो मातहतमा ल्याएको बन क्षेत्रको जग्गामा बृक्षारोपण गर्ने जनाएको छ ।

गाँजा फडानी टोलीमा सब डिभिजन बन कार्यालय बड्निहार , सबैया सब डिभिजन बन कार्यालय ,प्रहरी चौकी मनवाका प्रहरी ,प्रहरी चौँकी एक टाङ्गाका प्रहरी र सशस्त्र बेस क्याम्प तित्रौनाका सशस्त्र प्रहरी र बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष रिजवानुल हकको नेतृत्वको टोली लगायतको सहभागी थियो ।