डिभिजन बन कार्यालय पर्साले एक नामुद काठ तस्करलाई पक्राउ

रञ्जन यादब /

डिभिजन बन कार्यालय पर्साले एक नामुद ( प्रख्यात )काठ तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं.४ बस्ने २५ बर्षिय सोनालाल सहनी रहेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

साईकलमा २ क्युफिट काठ स्याउलाले छोपी ल्याउँदै गर्दा वडा नं.४ पटेल चोक स्थित ब्रहम स्थानबाट उनलाई पक्राउ गरिएको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

पक्राउ परेका सहनी यसभन्दा अगाडि पनि काठ तस्करी मुद्धामा थुनामा बसेर धरौटीमा छुटेका थिए । उनलाई डिभिजन बन कार्यालयले तारिखमा राखेको थियो । तर उनले तारिख तोडि पुन ः काठ तस्करीमा लागेको सबैया सब डिभिजन बन कार्यालय सबैयाका फरेस्टर पुरुषोत्तम पटेलले जानकारी दिए ।

पक्राउ परेका सहनीलाई डिभिजन बन कार्यालय पर्साको थुनामा राखि थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।