रञ्जन यादब /
पर्साको बन संरक्षण टोलीले काठ ,दाउरा चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत १५ क्बीन्टल भन्दा बढी दाउरा र आँठ वटा साईकल नियन्त्रणमा लिएको छ । आँठवटा साईकलमा दाउरा लोड गरी ल्याईरहेको अवस्थामा दाउँरेहरु बनटोलीको गाडिको आवाज सुनेर साईकलमा लोड गरिएको दाउरा छोडेर फरार भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । काठ ,दाउरा चोरी निकासी नियन्त्रण गर्ने अभियान नै जिल्लामा चलाईएको बताए।
सोही अनुसार बन कर्मचारी र बन उपभोक्ता समुहलाई परिचालन गरिएको डिभिजनल अधिकृत अहमदले जानकारी दिए ।पर्सागढी नगरपालिका वडा नं.३ झबराहा चोक र आम बगैचामा गरी दुई समुहमा बिभाजन भई बन संरक्षण टोलीले परिचालन भएको सब डिभिजन बन कार्यालय सबैयाका छैठो तहका अधिकृत उज्जवल यादबले जानकारी दिए ।
बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उभोक्ता समुहका अध्यक्ष महम्मद रिजवानुल हक र सब डिभिजन बन कार्यालय सबैयाका साहयक बन अधिकृत नबिनित मिश्राको कमाण्डमा परिचालित टोलीले यो सफलता हासिल गरेको हो । बरामद दाउरालाई सब डिभिजन बन कार्यालय सबैयाको नियन्त्रणमा राखिएको छ भने नियन्त्रणमा लिएको ६ वटा साईकलको चक्का काटेर साईकलको हयान्डिल बाङ्गो गरेर छोडिएको थियो । हिजो पर्साको बन संरक्षण टोली बिभिन्न ठाउँबाट २८ क्युफिट काठ सहित १२ क्विन्टल दाउरा बरामद गरेको थियो ।