hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

हरपुरमा सुरु भएको क्रिकेट प्रतियोगितामा कलैया क्रिकेट क्लबको बिजय सुरुवात

रञ्जन यादब /बारा

कलैया क्रिकेट क्लबले ‘जीतपुरसिमरा चौथो हरपुर टी–२० क्रिकेट च्याम्पियन्स ट्रफि’ मा बिजयी सुरुवात गरेको छ । जीतपुरसिमरा वडा नं.२४ स्थित हरपुर मैदानमा आइतबार भएको उद्घाटन खेलमा मकवानपुर क्रिकेट संघलाई ६ विकेटले पराजित गर्दै कलैयाले बिजयी सुरुवात गरेको हो ।टस जितेर पहिले ब्याटिङ रोजेको मकवानपुरले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय १६ रन बनाएको थियो ।

मकवानपुरविरुद्ध कलैयाका शंकर पौडेलले चार विकेट लिए । तीन ओभर बलिङ गर्दै १३ रन खर्चिएर पौडेलले चार विकेट लिएका थिए । यसैगरी भुलावन सहनी र कुमार थापाले एक–एक विकेट हात पारेको छ ।प्रतियोगिता अन्तर्गत सोमबार आयोजक हरपुर क्रिकेट क्लब र नेशनल इन्फोटेक पर्साबीच खेल हुनेछ । यसअघि जीतपुरसिमरका नगर प्रमुख राजन पौडेलले बलिङ र उपप्रमुख भोलाप्रसाद अधिकारीले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।।उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्र दुई करोड ५४ लाख बजेट खेलकुदमा लगानी गरे पनि त्यो अनुकुल नतिजा नआएको बताए ।

उनले भने हामिले करिब कुल बजेट को १.५० प्रतिशत बजेत खेलकुदमा लगानी गरेपनि अहिले सम्म जीतपुरसिमरा उपमहानगरपालिका भित्रका कुनै पनि खेलाडीले राष्ट्रिय टिम सहभागी हुन सकेको छैन।त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख भोला अधिकारीले हरपुर क्रीकेट मैदानको स्तरोन्नतिको लागि उपमहानगरले सहयोग गर्न तयार रहेको बताए । प्रतियोगिताको बिजेताले रु ५० हजार नगद र उपबिजेताले ३० हजार नगद पुरस्कार पाउने छन् । हरपुर क्रीकेट क्लबको अध्यक्ष सेराजुल अन्सारीको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा वडा न २४ का वडाध्यक्ष सुल्तान अन्सारीले स्वागत मन्तव्य राखेका थिए ।